बर्तमान सरकार महँगी,भ्रष्टाचार र घुसखोरीको पक्षमा रहेको पुर्व मन्त्री ज्वाला

१७ माघ२०८१/ सल्यान

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले वर्तमान सरकारले महँगी, भ्रष्टाचार, घूसखोरी र ढिलासुस्तीलाई बढावा दिएको आरोप बताउँनु भएको छ ।

बिहीवार सल्यानका पत्रकारहरूसँगको कुराकानीमा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले,सरकारले सहकारी देखाएर ठूला भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको बताउनु भएको हो ।

उहाँले राष्ट्रिय राजनीतिमा केही समस्या देखिएको भन्दै, वर्तमान सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको आरोप लगाउनु भयो । “अपराधी र माफियालाई जोगाउन सरकारले ल्याएका अध्यादेशहरू हानिकारक छन्, त्यसको विरोध गर्नुपर्छ ज्वालाले भन्नू भयो ।

सल्यानबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ज्वालाले राप्ती राजमार्गका विभिन्न स्थानको स्तरोन्नती कार्य यसै वर्ष अघि बढ्ने र लुहाम-काभ्रा-रामपुर, थारमारे-बडागाउँ-चौरजहारी, खलंगा-कुपिण्डे-बालुवासंग्रही सडक योजनाहरू चाँडै सम्पन्न हुनेगरी काम अघि बढ्ने बताउनु भयो ।

त्यस्तै, बागचौर-पातिहाल्ना क्षेत्रमा भइरहेको मदन भण्डारी राजमार्गको काम अर्को वर्ष श्रीनगर-बालुवासंग्रही क्षेत्रमा बजेट सुनिश्चित गरेर अघि बढाइनुका साथै सल्यान अस्पतालको भवन निर्माण कार्य भइरहेको जानकारी दिनु भयो । ज्वालाले आगामी दुई वर्षभित्र जिल्लाका सबै घरमा विजुली पुग्ने प्रतिबद्धता जनाउदै । विकास निर्माणका लागि अवरोध बनेको सार्वजनिक खरिद ऐन समयानुकूल नहुँदा जनचाहनाअनुरूप काम हुन नसकेको गुनासो व्यक्त गर्नु भयो ।

समाजवाद मान्ने विभिन्न दलहरूबीच एकताको प्रयास भइरहेको बताउँदै ज्वालाले, समाजवादी मोर्चा सक्रिय रूपमा अघि बढ्ने र मोर्चाले सडक र संसदमा संयुक्त रूपमा आवाज उठाउने तयारी गरिरहेको समेत जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस