बिधालय आत्मनिर्भर अक्षयकोष स्थापना

१० माघ २०८१/ सल्यान

सल्यानको एक बिधालयमा आत्मनिर्भर अक्षयकोष स्थापना गरिएको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका वडानं. १ जलेखर्कमा रहेको लक्ष्मी आधारभुत विद्यालयमा उक्त आत्मनिर्भर अक्षयकोष स्थापना गरिएको हो ।

स्थानीय रमेश गिरी, भूपेन्द्र गिरी र भागिराम गिरीले आफ्ना बुवा आमाको सम्झनामा बालाराम टंकी गिरी नामक, ३ लाख १ हजार १ सय १५ रुपैयाँ राशिको आत्मनिर्भर अक्षयकोष स्थापना गर्नु भएको हो ।

विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले आत्मनिर्भर अक्षयकोषको स्थापना गरिएको बताइएको छ । बालाराम र टंकी गिरीका तीन छोरा मध्ये जेठो रमेश रमाइलो भूपेन्द्र अमेरिकामा हुनु हुन्छ भने कान्छो छोरा भागिराम जापानमा बस्दै आइरहनु भएको छ ।

आत्मनिर्भर अक्षयकोष स्थापना कार्यक्रममा छत्रेश्वरी गाउँपालिका १ का वडाध्यक्ष प्रकाश हमाल, बागचौर नगरपालिका ९ का वडा सदस्य कमल डाँगी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप योगी लगायतको उपस्थिति रहेको थियो ।

छोराहरुले आमाबुवाको नाममा विद्यालयमा अक्षयकोषका लागि पठाएको रकम दिन पाउँदा उत्साहित भएका् बुवा बालाराम गिरीले बताउनु भयो । विद्यालयमा गरिएको यो लगानी निकै प्रभावकारी र लाभदायक हुनेछ उहाँले भन्नु भयो । यहाँको गरिब तथा विपन्न बालबालिकाको लागि केही हौसला बन्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस