७ माघ २०८१/ सल्यान
दाङ बाट भारतको दिल्ली सम्म बिएस सिक्स गाडी संचालनमा आएका छ्न ।

दाङमा रहेको त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि.ले
पहिलो पटक घोराही,तुलसीपुर हुँदै भारतको दिल्ली सम्म बिएस सिक्स बस संचालनमा ल्याएको प्रा.लि.का अध्यक्ष सुरेश हमालले बताउँनु भयो ।
सोमबार दाङको घोराहीमा पाँच वटा गाडीको उद्घाटन गर्दै भारत सरकारको मापदण्ड र यात्रुहरूको मागलाई ध्यानमा राखेर आफुहरुले ८ वटा गाडी प्रा.लि.मा आवद्ध गराएको बताउनु भयो ।
पछिल्लो समयमा आफ्नो प्रा.लि.मा करोडौंको लगानीमा गाडी भित्र्याउने व्यवसायीहरूको लहरलाई स्वागत गर्दै यात्रुलाई गुणस्तरीय सेवा दिन आफुहरु सधै लागी पर्ने बताउनु भयो ।
अध्यक्ष हमालले दाङ बाट भारतको दिल्लीमा औषधि उपचार मा j
जाने,वैदेशिक रोजगारी,अध्यन र घुम्न जाने यात्रुको सहजतालाई
ख्याल राखेर समयको माग अनुसारका गाडीहरुको संचालन ल्याउदै आएको बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रा.लि.का प्रशासनिक सचीव नारायण प्रशाद न्यौपानेले यात्रु लाई स्तरीय सेवा दिनको लागि आफुहरु सधै प्रतिबद्ध रहेको बताउनु भयो ।उहाँले करोडौंको लगानीमा गाडी ल्याउने व्यवसायीहरुलाई बधाई समेत शुभकामना दिनु भएको थियो ।
प्रा.लि.का उपाध्यक्ष मान बाहादुर डाँगीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन प्रेस सल्लाहकार शरद रेग्मीले गर्नु भएको हो ।