सवारी चालक,परिचालक र सहचालकहरुको स्वास्थ्य परिक्षण

२२ पौष २०८१/ सल्यान

सल्यानमा चालक,परिचालक र सहचालकको स्वास्थ्य परिक्षण गरिएको छ ।

जिल्लाको शारदा नगरपालिका १ श्रीनगरमा ५० जना चालक, परिचालक र सहचालको स्वास्थ्य परिक्षण गरिएको हो ।

आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको आयोजना र सारदा मेट्रो अस्पताल प्रा.लि.श्रीनगर को सहकार्यमा उक्त स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख नरेन्द्र शाहिले बताउँनु भयो । उहाँका अनुसार ५० जना सवारी चालक,परिचालक र सह चालक हरुको स्वास्थ्य परिक्षण गरिएको र त्यस मध्य २ जनाको आँखामा मोतिबिन्दु ,अन्य ५ जनाको आँखामा सामान्य समस्या रहेको बताइएको छ ।
यस्तै ६ जना चालक,परिचालक तथा सहचालको को रक्तचाप उच्च रहेको स्वास्थ्य परिक्षणमा सहभागी स्वास्थ्यकर्मीले जानकारी दिनु भयो ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख नरेन्द्र शाहिले यस्ता खाले कार्यक्रम आफुहरुले समय समयमा गर्दै आएको बताउनु भयो । शाहिले सवारी दुर्घटना हुन नदिनको लागी यस्ता कार्यक्रमहरु प्रभावकारी हुने बताउनु भएको छ ।उहाँले आगामी दिनमा पनि
यस्ता खाले कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस