१६ पौष २०८१ / सल्यान
पुर्व मन्त्री भीम प्रकाश शर्माले सामुदायिक वनबाट उपभोक्ताले आयआर्जनका कृयाकलाप गर्नुपर्ने बताउनु भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले मंगलबार खलंगामा राखेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा कर्णाली सरकारका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शर्माले सामुदायिक वनको व्यवस्थापनमा नीति र सहकार्यको आवश्यकता औंल्याउनु भयो ।
पुर्व मन्त्री शर्माले सामुदायिक वन उपभोक्ताहरूले वन क्षेत्रको संरक्षण र दिगो उपयोगका लागि अग्रसर हुनु जरुरी रहेको बताउँदै “दीर्घकालीन संरक्षणका लागि उपभोक्ता समूह र सरकारी निकायबीच सहकार्य अपरिहार्य भएको बताउनु भयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ, सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराईले महासघका निर्णयहरु प्रस्तुत गर्दै सामुदायिक वन संरक्षणका क्रममा देखिएका समस्याहरूबारे धारणा राख्दै उपभोक्ताहरूको सक्रिय भूमिकामा जोड दिनु भयो ।
कार्यक्रममा शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य प्रेमा अधकिारी र घनश्याम शर्मा, प्रदेश अध्यक्ष भवानी प्रसाद अधिकारी, डिभिजन वन कार्यालय प्रमुख टेक बहादुर रावल, वनस्तपती कार्यालय प्रमुख मित्र पाठक, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले सम्बोधन गर्नु भएको थियो ।
सामुदायिक वन महासङ्घका उपाध्यक्ष डम्बर तिरुवाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन अरूणा खत्रीले गर्नु भएको हो ।