८ पौष २०८१/ सल्यान
देउराली माध्यमिक बिधालय शिद्वकुमाख गाउँपालिका २ कुयझोलको नयाँ बिधालय व्यवस्थापन समिति गठन गरिएको छ ।

सोमबार भएको अभिभावक भेलाले राजेश डि.सी.अध्यक्ष रहेको ९ सदस्यीय बिधालय व्यवस्थापन समिति गठन गरेको हो ।
समितिमा अमृता वली,पुर्भान चलाउने,पवित्रा सुनार,कलिराम चलाउने,अमृता बुढाथोकी,जित बहादुर चलाउने सदस्य रहनु भएको छ ।यस्तै शिक्षक प्रतिनिधिमा प्रेम थापा,सदस्य सचीवमा मनविर चलाउनेलाई चयन गरिएको बिधालयले जनाएको छ ।
नयाँ बिधालय व्यवस्थापन समिति लाई अभिभावकले बिधालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने बाताबरण निर्माण गर्न आग्रह गरेका छ्न । सर्वसम्मत रुपमा चयन भएको नयाँ बिधालय व्यवस्थापन समिति लाई बधाई ज्ञापन गर्दै बिधालयको प्रगति उन्नतिको लागि लागि काम गर्न सहभागी अभिभावकहरुले जोड दिएका हुन ।