दाङको घोराही देखि भारतको दिल्ली सम्म बिएस सिक्स गाडि संचालन गरिने भएको छ ।
दाङको त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि.ले पहिलो चरणमा घोराही देखि भारतको दिल्ली सम्म दुइवटा बिएस सिक्स गाडी संचालन गर्ने भएको हो ।
विहिवार प्रा.लि.का अध्यक्ष सुरेश हमालले दुई वटा गाडीको उद्घाटन गर्दै बाताबरण प्रदुषण रहित गाडीहरु आफुहरुले संचालनमा ल्याएको बताउनु भयो ।उहाँले करोडौं लगानी गरेर उच्च स्तरीय गाडी प्रा.लि.मा भित्र्याएकोमा व्यवसायीहरुलाई बधाई ज्ञापन गर्नु भएको थियो । अध्यक्ष हमालले आफ्नो प्रा.लि.ले यात्रुमैत्री सेवा दिरहेको भन्दै आगामी दिनहरुमा पनि यस तर्फ आफुहरु लागि पर्ने बताउनु भयो । गाडी उद्घाटन कार्यक्रममा बोल्दै हमालले समयानुकूल यातायात क्षेत्र पनि परिमार्जन भएकाले,आफू पनि परिमार्जन हुन अत्यावश्यक भएको सरोकारवाला लाई बताउनु भयो । जनताले सेवा सुविधालाई भोग गर्न चाहाने भएकाले यात्रुहरूलाई सोही अनुसारको सेवा दिनमा लागि पर्नु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, लुम्बिनी प्रदेश उपाध्यक्ष केशव भण्डारीले यातायात क्षेत्रलाई व्यवस्थित गर्नको लागी प्रा.लि.सधै लागि परिरहेको देख्दा आफुलाई खुसी लागेको बताउनु भयो लामो समय सम्म्म नियमित रुपमा यातायात क्षेत्रमा आवद्ध भण्डारीले यातायात क्षेत्रका विभिन्न पक्षमा सुधारहुँदै गएको बताउनु भयो ।उहाँले त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि. कुशल नेतृत्वकै कारण व्यवसायी र यात्रुमुखी बन्दै आएको समेत बताउँनु भयो ।
यस्तै बिएस सिक्स गाडीका संचालक माधव आचार्यले बाताबरण प्रदुषण रहित गाडी सन्चालनमा ल्याउन पाउँदा आफुहरु खुसी भएको बताउनु भयो ।करिव १ करोड ३० लाखका दरले निर्माण भएका बसमा,एविएस सिस्टम,एर सिट,हिटर एसी,सस्पेन्सन, लगाएत दर्जनौ सुबिधा रहेको बताउनु भयो ।उहाँले दाङको घोराही देखि भारतको दिल्ली सम्म शुक्रवार देखि गाडी संचालन गरिने बताउनु भयो ।
गाडी उद्घाटन कार्यक्रममा प्रा.लि.का प्रवन्धक पुष्कर धिताल लगाएत अन्य पदाधिकारी,व्यवसायी,कर्मचारी लगाएतको सहभागी रहेको थियो ।