१९ मङ्सिर २०८१/ सल्यान
सल्यानमा ट्राफिक प्रहरीले ‘म’ अशल चालकको प्रतिवद्धता अभियान सञ्चालन गरेको छ ।
ट्राफिक प्रहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सयुक्त पहलमा प्रतिवद्धता कार्यक्रम सुरु गरिएको हो । दुर्घटना न्युनीकरणका लागी उक्त अभियान प्रभावकारी बन्ने बिश्वास गरिएको छ ।
बुधबार बाट सल्यानको श्रीनगरमा म असल चालकको प्रतिबद्धता अभियानको सुरुवात गरिएको हो ।म सवारी दुघर्टना गर्दिन, सवारी साधन सावधानीपूर्वक चलाउने, सवारी साधन चलाउँदा प्रत्येक घुम्ती र मोडमा घर परिवारलाई सम्झने, मादक पदार्थ र लागु पदाथर्ग सेवन गरी कहिले पनि सवारी साधन नचलाउने, सवारी दुर्घटना न्युनिकरणको भरपर्दो माध्यमको सेतु बन्ने, सवार यात्रुलाई सुरक्षितका साथ गन्तव्यमा पुर्याउने र ट्राफिक नियमको पूर्ण रुपमा पालन गर्छु भन्ने सात बुँदामा ४० भन्दा बढी चालकहरुले प्रतिवद्धतामा हस्ताक्षर गरेका हुन ।
सवारी दुर्घटना न्यूनिकरणमा म अशल चालक अभियानले सहयोग पुग्ने विश्वास लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख नरेन्द्र शाहीले जानकारी दिनु भयो । सार्वजनिक सवारी साधन प्रभावकारी बनाउन यातायात व्यवसायी र सञ्चालकको पनि प्रमुख भूमिका रहने बताउनु भयो ।उहाँले आफ्नो कार्यकालमा सवारी दुर्घटना लाई कम गराउनको लागी विभिन्न निकाय संग सहकार्य गर्ने बताउनु भयो ।
यस्तै ट्राफिक प्रहरी प्रमुख शाहीले आजनै सल्यानका विभिन्न स्थान बाट २ वटा मोडिफाई मोटरसाइकल लाई नियन्त्रणमा लिएको बताउनु भयो ।
उहाँले समाजलाई नै असर पुग्ने गरि आवाज दिने मोडिफाई गरेका मोटरसाइकल लाई नियन्त्रण गरि,साइलेन्सर निकालेर साधारण अवस्थामा ल्याएको बताउनु भयो ।