१७ मङ्सिर २०८१/सल्यान
सल्यानको त्रिवेणी गाउँपालिका ४ फलाबाङमा बालबालिकाको लागी निशुल्क स्वास्थ्य शिविर सम्पन भएको छ ।
तुल्सी अस्पताल दाङको आयोजना,त्रिवेणी गाउँपालिका वडानं.४ को सहकार्यमा सम्पन्न भएको उक्त शिविरमा २ सय बढी बालबालिकाको चेक,जाँच सहितको उपचार गरिएको हो ।
आफ्नो पुर्ख्यौली ठाउँमा सेवा गर्ने उद्देश्यले आफुले फलाबाङमा शिविर संचालन गरेको तुल्सी अस्पताल तुलसीपुरका बरिस्ठ बालरोग विशेषज्ञ डाक्टर किशोर खत्रीले बताउँनु भयो ।उहाँले धेरै ठाउँमा यस्ता खाले शिविर संचालन गर्दै आएको बताउनु भयो ।निशुल्क रुपमा आफ्नै गाउँठाउमा स्वास्थ्य सेवा लिन पाउँदा आफुहरु खुसी भएको शिविरमा सहभागी सेवाग्राहीले बताउँनु भयो ।
उक्त शिविर त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतको प्रमुख आतिथ्यतामा संचालन गरिएको हो । त्रिवेणी गाउँपालिकाका वडानं.४का वडा अध्यक्ष छविराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले आफ्नो ठाउँमा शिविर संचालन गरेर सेवा दिएकोमा अस्पताल परिवार लाई धन्यावद दिदै आगामि दिनहरुमा पनि यस्तै किसिमका सहकार्य गर्दै शिविर संचालन गर्ने अपेक्षा राख्नु भयो ।