१० मङ्सिर २०८१/ दाङ
दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका-३ पुतलीबास घर भई हाल तुलसीपुर-९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी ( हरी) रहेको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।
लमही बजारबाट तुलसीपुरतर्फ फर्कदै गरेको रा७प ४९५४ नम्बरको मोटरसाइकल रातोडाँडामा रहेको प्रहरीको ब्यारिकेडमा ठोक्किएर आज बिहान ४ बजे दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो ।मोटरसाइकलको पछाडि सवार डाँगीको उपचारका लागि लमही अस्पतालमा लगिएको र अस्पतालले मृत घोषणा गरेको थियो ।
मोटरसाइकल चालक रोशन विकको अवस्था सामान्य रहेको र । उनलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ