कर सप्ताहको अवसरमा व्यवसायी तथा कर्मचारी सम्मानित

 

७ मङ्सिर २०८१/

सल्यान करदाता सेवा कार्यालय सल्यानले सवै भन्दा बढी आयकर तिर्ने र उत्कृष्ट कार्य गर्ने व्यवसायी तथा कर्मचारीलाई सम्मान गरेको छ ।

तेह्रौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८१ को अवसरमा करदाता सेवा कार्यालय सल्यानले आर्थिक बर्ष २०७९/०८० मा सवै भन्दा बढी आयकर तिर्ने मेजेस्टीक इन्जिनियरिङ मल्टी सर्भिस प्रा.लि.भुमे गाउँपालिका २ पुर्वी रुकुमका संचालक कमल बुढा हिमालय आयल स्टोर बागचौरका संचालक लालबहादुर बस्नेत र न्यु बिजय ट्रेडर्स पश्चिम रुकुम मुसिकोट नगरपालिका ५ का संचालक रिता डाँगी प्रमाणपत्र सहित सम्मान गरिएको हो । यस्तै उत्कृष्ट कार्य सम्पादन गर्ने करदाता सेवा कार्यालय सल्यानका शान्ता नकर्मीलाई पनि सम्मान गरिएको छ ।

चारै जना सम्मानित हुने व्यवसायी तथा कर्मचारी लाई बधाई दिदै सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठले आगामी बर्षमा अझै उत्कृष्ट कार्य गर्नको लागि शुभकामना दिनु भयो ।उहाँले कर सप्ताहको अवसरमा गरिने यस्ता खाले कार्यक्रमले उद्योगी,व्यापारी र व्यवसायीहरुलाई धेरै कुरामा सहजता थपिने बताउनु भयो ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका श्रेष्ठले कर शिक्षा प्रदान गर्न र उद्योगी,व्यापारी,व्यवसायी,करदाता कार्याल,सल्यान उद्योग वाणिज्य संघ लगाएत अन्य सरोकारवाला निकायको सम्बन्ध प्रगाढ गराउन आफुहरु सधै तत्पर रहने बताउनु भयो ।

कार्यक्रममा बोल्दै करदाता सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख (कर अधिकृत ) नवीन कुमार ओलीले कर दायित्वको रुपमा मात्र नभएर राज्यको आर्थिक स्रोतको मेरुदण्ड भएको बताउनु भयो ।उहाँले राज्यलाई तिर्ने कर लाई भारको रुपमा नलिएर लगानीको रुपमा लिन सम्बन्धित सवैलाई अनुरोध गर्नु भयो । आफ्नो व्यापार व्यवसायलाई कानुनी रुपमा बलियो बनाएर आर्थिक लाभ लिनको लागि आफ्नो फार्म कर कार्यालयमा दर्ता गर्नु पर्ने र लेखा प्रणाली लाई व्यवस्थित गर्ने जस्ता कुरामा ध्यान दिनु पर्ने उहाँको धारणा थियो । कार्यालय प्रमुख ओलीले कर सप्ताह २०८१ लाई सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सवैलाई धन्यवाद दिनु भएको थियो ।

यस्तै सल्यान उधोग वाणिज्य संघ सल्यानका बरिस्ठ उपाध्यक्ष राजेन्द्र कुमार थापा ( आरके) ले सम्पुर्ण व्यापारी व्यवसायीलाई करको दायरामा ल्याउनको लागी आफुहरुले कर कार्यालय संग समन्वयकारी भुमिका खेल्दै आएको बताउँनु भयो । उहाँले कर कार्यालयले कर छली गर्ने जो कोहिलाई पनि कानुनी दायरा ल्याउनु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै सल्यान उद्योग वाणिज्य संघ सल्यानका, बाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारीले कुनै पनि व्यवसायीले घाटामुलक व्यवसाय नभएर नाफामुलक व्यवसाय गर्न चाहाने भएकाले करलाई राज्यको आय स्रोतको बलियो खम्बाको रुपमा लिनु पर्ने चेतनाको बिकास गर्नु पर्ने बताउनु भयो ।उहाँले सवै खाले व्यापार व्यवसाय संचालनमा केही जटिलता देखिए पनि त्यसलाई सहजताको साथ समाधान गर्नु पर्ने बताउनु भयो ।वाणिज्य उपाध्यक्ष भण्डारीले सम्मानित हुने व्यवसायी तथा कर्मचारीलाई बधाई दिनु भयो ।

 

कर प्रणालीको सार,लगानीको आधार भन्ने मुलनाराका साथ सन्चालन गरिएको कर दिवस तथा कर सप्ताह समापन कार्यक्रममा उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका उपाध्यक्ष सुधन श्रेष्ठ,सल्यान उद्योग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारु,जेसिस सल्यानका अध्यक्ष असोक बोहरा लगाएत उधोगी,व्यापारी,व्यवसायी लगाएतको अन्य सरोकारवाला व्यक्तिको सहभागिता रहेको थियो । अन्तरक्रिया तथा करदाता सम्मान कार्यक्रमको संचालन करदाता सेवा कार्यालय सल्यानका सूचना अधिकारी खुमराज शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस