४ मंङ्सीर २०८१/ सल्यान
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले आफ्न्नो स्थापना दिवस मनायको छ ।
शाखाको २९ औँ स्थापना दिवसको अवसरमा पत्रकार महासंघ सल्यानको कार्यालय परिषरमा दीप प्रज्ज्वलन गरिएको हो ।
शाखाले मंगलबार जिल्ला शाखाको कार्यालय खलंगामा दीप प्रज्ज्वलन गरी २९ औँ स्थापना दिवस मनाएको हो । सल्यानमा २०५२ साल उता केही रुपमा पत्रकारिता सुरु भएपनि सबै पत्रकारहरूको साझा संगठन निर्माण गरेर पत्रकारिता सुरु भएको २९ वर्ष पुरा भएर ३० वर्षमा प्रवेश गरेको छ ।
दीप प्रज्वलनका अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका पुर्वकार्यवाहक अध्यक्ष सनत कुमार शर्माले पत्रकार महासंघ सबैको साझा भएको बताउनुभएको छ । उहाले २०५२ साल मंसिर ४ गते अर्थात आजकै दिन तदर्थ समितिको रुपमा स्थापना भएको देखी नै पत्रकार महासंघको छवि राम्रो भएको र यसलाई जीवन्त राख्न सबै पत्रकारको भूमिका अहम् हुने बताउनु भयो ।
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष शंकर केसीको अध्यक्षतामा भएको दीप प्रज्वलन कार्यक्रममा महासंघका केन्द्रिय परिषद् सदस्य डिल्लीराज रावत, जिल्ला शाखाका उपाध्यक्ष सरिता चलाउने, सहसचिव बुद्धि पुन लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव टिकाराम भण्डारीले गर्नुभएको थियो ।