१ मंसीर २०८१/ सल्यान
सल्यानमा तेह्रौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरमा प्रभात फेरि गरिएको छ ।
कर दाता सेवा कार्यालय सल्यानको आयोजना र सल्यान उद्योग वाणिज्य संघ सल्यानको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कर प्रणालीको सार,लगानीको आधार भन्ने मुलनाराका साथ कर दाता सेवा कार्यालय बाट सुरु भएको प्रभात फेरी श्रीनगर बजार,सल्यान खलंगा, रुकुम चोक हुँदै सल्यान उद्योग वाणिज्य संघको कार्यालयमा सम्पन्न गरिएको हो ।प्रभात फेरि समापन कार्यक्रममा बोल्दै करदाता सेवा कार्यालय सल्यानका कार्यालय प्रमुख ( कर अधिकृत ) नविनकुमार ओलीले कार्यक्रम सफल पार्नको लागी सहभागी सवैलाई धन्यवाद दिदै,तीन जिल्लाका विभिन्न स्थानहरुमा साताव्यापी विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरिने बताउनु भयो ।यस्तै ओलीले दिवसको अवसरमा मंसीर ७ गते सल्यान श्रीनगरमा सल्यान,पुर्वी रुकुम र पश्चिम रुकुमका बाट सवै भन्दा बढी आए कर तिर्ने उत्कृष्ट एक-एक जना व्यवसायी र कार्यालयको तर्फबाट एक जना कर्मचारी लाई सम्मान गरिने र स्थानीय तहमा रहेका निजि स्तरका संघ संगठन संग अन्तरक्रिया कार्यक्रम गरिने बताउँनु भएको छ ।
प्रभात फ़ेरि कार्यक्रममा सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठ,बरिष्ठ उपाध्यक्ष राजेन्द्र कुमार थापा( आरके) वाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारी,महासचिव मोहन सारु,कोषाध्यक्ष नरेन्द्र बुढा,सदस्यहरु लगाएत जिल्ला ट्राफिक प्रमुख नरेन्द्र शाही,इलाका प्रहरी कार्यालय शितलपाटीका प्रमुख गोपाल मल्ल,करदाता सेवा कार्यालय सल्यानका सूचना अधिकारी खुमराज शर्मा,जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि लगाएत उद्योगी,व्यापारी,व्यवसायीहरुको उपस्थिति रहेको थियो ।