११ कार्तिक २०८१/ सल्यान
सल्यानमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
दुर्गम क्षेत्रका नागरिकलाई निशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले जिल्लामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।
श्री सिद्धिवक्स गण सल्यानले सिद्धकुमाख गाउँपालिका १ र २ भडारेमा एक दिने स्वास्थ्य शिविरको आयोजना गरि सेवा दिएको श्री सिद्धिवक्स गण सिमखर्कका प्रमुख सेनानी कृष्णचन्द्र ठकुल्लाले जानकारी दिनुभयो । उहाँका अनुसार १९ नम्वर वाहिनी तुलसीपुर दाङ र श्री सिद्धिवक्स गण सिमखर्कले एक दिने सेवा दिएको हो ।
स्वास्थ्य शिविरमा जेष्ठनागरिक, महिला र वालवालिकाले सेवा लिएको नेपाली सेनाले जनाएको छ ।
शिविरमा विशेषज्ञ डाक्टर सहितको टोलीले ७० जना विरामीलाई सेवा प्रदान गरेका थिए । शिविर हाडजोर्नी, स्त्रीरोग, बाल रोग, नाक, कान घाटी लगायतको रोगको उपचार गरिएको थियो । नेपाली सेना वाट पहिलो पटक स्वास्थ्य उपचार सेवा पाएपछि स्थानीयले खुसी ब्यक्त गरेका थिए । नेपाली सेना र नागरिक विच पारस्परिक सम्वन्ध वढाउने उदेश्य सहित दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन गरेको उहाँले बताउनु भयो । सेनाको सामाजिक तथा जनहित कार्य अन्तर्गत स्वासथ्य शिविरको आयोजना गरिएको प्रमुख ठकुल्लाले बताउनु भयो ।