कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल संग पत्रकार सम्मेलन

८ कार्तिक २०८१ / सल्यान

कर्णाली प्रदेशका मुख्य मन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको बिकासको लागी सत्ता पक्ष र प्रतिपक्ष एक भएर जानू पर्ने बताउनु भएको छ ।

बिहिवार सल्यान खलंगामा भएको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कँडेलले असार महिनाकाे चापमा हुने असारे विकासलाइ अन्त्य गर्न आफुहरु लागिपरेकाे बताउनु भएको छ ।

प्रदेश मातहातका कार्यालयहरुलाइ चालु आर्थिक वर्षका कामहरु अहिलेदेखि नै प्रकृयामा सुरु गर्न निर्देशन दिइएकाे र विकासे बजेटका याेजनाहरु कार्यन्वयन गर्न धेरैजसाे कार्यालयहरुले ठेक्का प्रकृयामा गइसकेकाे बताउनु भयो ।

बजेट बनाउने बेला आफु माओवादी पार्टीकाे समर्थनमा मुख्यमन्त्री रहेकाेमा अहिले गठबन्धन फेरिएपनि त्यतिबेला बनाएको नीति तथा कार्यक्रम योजना, बजेटलाई निरन्तरता दिएको जानकारी दिनु भयो ।उहाँले ‘सबै दल एक भएर हिँडे मात्र प्रदेशको बजेट विनियोजन तथा विकासको काम प्रभावकारी हुने उहाँले धारणा राख्नु भयो ।

नेपाल पत्रकार महासंघ सल्यान शाखाका कार्यवाहक अध्यक्ष शंकर केसीको अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेल सहित एमाले सल्यानका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष ओज बहादुर बुढाथोकी, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय कोषाध्यक्ष सुर्यमणी गौतम लगायतकाे उपस्थिति रहेकाे थियाे ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानकी उपाध्यक्ष सरिता चलाउनेको स्वागत मन्तव्य बाट सुरु भएको पत्रकार सम्मेलनको संचालन सचिव टिकाराम भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस