दार्मामा पाँच दिनसम्म योग विज्ञानसम्बन्धी कार्यक्रम संचालन हुने

२९ असोज २०८१/ सल्यान

सल्यानको दार्मा गाउँपालिकामा योग विज्ञानसम्बन्धी विविध कार्यक्रम संचालन हुने भएका छन् ।

आगामी कार्तिक २ गतेदेखि ६ गतेसम्म योग विज्ञानसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन हुने दार्मा गाउँपालिकाले जनाएको छ । कार्यक्रम अवधिभर बिहान ४:३० देखि ७:३० बजेसम्म योग अभ्यास र बिहान ९ बजेदेखि राति ९ बजेसम्म बौद्धिक कक्षा लगायतका कार्यक्रम संचालन हुनेछन् ।

योग अभ्यासले मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले योग विज्ञानसम्बन्धी कार्यक्रम आयोजना गरिएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी अरुणले जानकारी दिनुभएको छ । स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नु र जीवनशैलीलाई सन्तुलित राख्न योगदान पुर्याउनु कार्यक्रमको मुख्य उदेश्य रहेको उनको भनाइ छ ।

कार्यक्रममा निःशुल्क सहभागिताका लागि सबैलाई गाउँपालिकाले निमन्त्रणा गरेको छ। पतञ्जलि योग समितिको संयोजनमा कार्यक्रम संचालन हुनेभएको हो ।

प्रतिक्रिया दिनुहोस