२१ असोज २०८१/ सल्यान
सल्यानमा विश्व दृष्टि दिवस २०२४ को अवसरमा जनचेतनामूलक र्याली सम्पन्न गरिएको छ ।
नेपाल नेत्र ज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपाल सुर्खेतको आयोजना, शारदा नगरपालिका सल्यानको समन्वय र ब्राईटपल बोर्डिङ्ग स्कुल शा न पा २ सहभागितामा आँखा स्वास्थ्य सम्बन्धि जनचेतनामूलक र्याली सम्पन्न गरिएको हो ।
“आँखालाई माया गरौ” भन्ने मुल नारा सहित आँखाको सुरक्षा कसरि गर्न सकिन्छ,र आँखा स्वास्थ्य संम्वन्धि जनचेतनामूलक सन्देश झल्कने तथा सचेतना दिने उद्दश्यले विश्व दृष्टि दिवश २०२४ को अवसरमा र्यालि निकालिएको आयोजक संस्थाका सामुदायिक संयोजक दिपक बुढाथोकिले बताउनु भयो ।
उक्त र्यालीमा शारदा नगरपालिका २ श्रीनगरमा रहेको ब्राईटपल एकेडेमी बोर्डिङ्ग स्कुलका कक्षा ८ देखि १० सम्म अध्ययनरत छात्र-छात्राहरु,शिक्षक शिक्षिकाहरु, बिधालय व्यवस्थापन समितिका सदस्य, ,सल्यान आँखा उपचार केन्द्रमा कार्यरत नेत्र सहायक,इलाका प्रहरी कार्यालय श्रीनगरका प्रहरी प्रमुख र अन्य ब्यक्तीहरुको सहभागिता रहेको थियो । आँखा स्वास्थ्य सम्बन्धि जनचेतनामूलक र्यालि शारदा नगरपालिका २ मा रहेको ब्राईटपल एकेडेमी बोर्डिङ्ग स्कुलको प्रागणबाट करिब १सय २ जनाको सहभागितामा सुरु भई श्रीनगर बजार,बस पार्क ,टाउनपलानिङ बजार परिक्र गरि पुःनह सोहि स्कुलको प्रागण आई कोण सभामा परिणत भएको हो ।
शारदा नगरपालिका वडा नं.२ मा रहेको ब्राइटपल एकेडेमी का प्रधानाध्यापक हरि चन्द अधिकारी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिधालय व्यवस्थापन समितिका अध्यक्ष गौरिलाल गिरि, अतिथिहरुमा सल्यान आँखा उपचार केन्द्र शितलपाटि कार्यरत नेत्र सहायक निशा शेर्पाइलि र ब्राईटपल एकेडेमी बोर्डिङ्ग स्कुलका अन्य शिक्षकहरुको सहभागीता थियो ।
विश्व दृष्टि दिवश २०२४ को अवसरमा व्यानर सहित र्यालिमा (आँखालाई माया गरौ,सफा दृष्टि खुसि जिबन,विश्व दृष्टि दिबश २०२४ सफल पारौं,आँखा लाई जोगाऔं ,हरियो सागपात खाऔ,अँखा तेजिको बनाऔ,समय समय मा अँखा चेकजाँच गरौ,दृष्टि बिहिन हुन बाट बचौ, आदी लेखिएको प्ले कार्ड सहित र्यालि सम्पन्न गरिएको हो ।
समापन र्यालिको कोण सभा कार्यक्रममा बिद्यालयका प्रिन्सिपल हरि चन्द अधिकारीले अयोजक लाई धन्यवाद दिदै शभकामना मनतव्य राख्नु भएको थियो। विश्व दृष्टि दिवश २०२४ को बारेमा र आँखा स्वास्थ्यको बारेमा नेत्र सहायक निशा सेर्पाइली ले सहभागिहरु माझ प्रकाश पार्नु भएको थियो , भने कार्यक्रमको संचालन नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम शारदा नगरपालिकाका सामुदायिक संयोजक दिपक बुढाथोकी ले गर्नु भएको हो ।