जन्म दिनको अवसरमा २० हजार बढिको सामाग्री सहयोग

२१ असोज २०८१/ सल्यान

सल्यानको एक परिवारले अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सामाग्री सहयोग गरेको छ ।

जिल्लाको बागचौर नगरपालिका वडानं.११ वाफुखोला चिनालीकी
शिक्षिका पार्वता खड्का वलीले आफ्नो ४१ औ जन्म दिनको अवसरमा वडा भित्रका ९ जना अपाङ्गता भएका व्यक्तिलाई २० हजार बढिको सामाग्री सहयोग गरेको बताउनु भएको हो ।

शिक्षिका वलीले आफ्नो घरमै एक कार्यक्रमको आयोजना गरि आइतबार ९ जना अपाङ्गता भएका व्यक्तिहरुलाई प्रती व्यक्ति,६ थान गिलास,१ थान टीका लगाउने थाली,१ थान अम्खोरा सहयोग गर्नु भएको वलीका श्रीमान शिक्षक धनविर वलीले बताउनु भयो ।

उहाँले जन्म दिनको अवसरमा गरिने फजुल खर्चलाई कटौती गरेर समाज परिवर्तनको लागी नयाँ काम गर्ने उद्देश्यले बिगतका बर्षहरु बाट यस्ता किसिमका सामाजिक काम गर्दै आएको बताउनु भयो ।

सरस्वती माध्यमिक बिधालय बागचौर नगरपालिका वडा नं.६ जामुनेचौरका पुर्व प्रधानाध्यापक समेत रहनु भएका वलीले, गत बर्ष वडा भित्रका एकल महिलाहरुलाई कपडा बितरण गरेको स्मरण गराउदै आगामी दिनमा पनि यस्ता खाले सकारात्मक कार्यहरू गर्दै जाने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस