१३ असोज २०८१/ काठमाडौं ।
बाढी पहिरो र डुवानमा परि हाल सम्म १ सय जनाको मृत्यु भएको छ । ६७ जना बेपत्ता र १०१ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका अनुसार ललितपुरमा २०जना,धादिङमा १५ जना, काठमाडौंमा १२जना, काभ्रेमा १० जना,मकवानपुरमा ७ जना, सिन्धुपाल्चोकमा ६ जना, सोलुखुम्बुमा ५ जना पाँचथरमा ५ जना , भक्तपुरमा ५ जनाको मृत्यु भएको हो ।
यस्तै गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा ३ जना सिन्धुलीमा २ जना धनकुटा २ जना, महोत्तरी २ जना, रामेछाप १ जना , झापामा १ जना, उदयपुरमा १ जना , इलाममा १ जना , सप्तरीमा १ जना र नुवाकोटमा १ जना गरि १ सय जनाको मृत्यु भएको हो ।
उहाका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९ हजार ९सय ८३ सुरक्षाकर्मी परिचालन गरिएको र हाल सम्म ३ हजार ३९ जनाको उद्धार गरिएको छ ।