३० भदौ २०८१/ दाङ
त्रिशिद्वेश्वरी राप्ती यातायात प्रा.लि.दाङको पाचौं साधारणसभा सम्पन्न भएको छ ।
शनिबार दाङको तुलसीपुरमा भएको साधारणसभा कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि देवि बहादुर डिसीले तत्कालीन राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति ( हालको त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि.को इतिहास स्मरणीय रहेको बताउनु भयो । रुपान्त्रीत प्रालिका पुर्व अध्यक्ष समेत रहनु भएका डिसीले आफु अध्यक्ष हुँदा २०४९ सालमा ६० वटा गाडी रहेका र अहिले आउदा करिव ६ सय गाडी प्रालि बाट संचालन भैरहेको देख्दा आफुलाई गर्व लाग्ने गरेको बताउनु भयो ।उहाँले प्रालि यहाँ सम्म आउनु र अहिले यातायात क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धामा पनि प्रालि प्रति सम्पुर्ण व्यवसायी आकर्षक हुने अवस्था अहिलेको नेतृत्व अर्थात अध्यक्ष सुरेश हमालको कारण भएको बताउनु भयो ।अध्यक्ष हमाल र उहाँको टिमको क्षमता,दक्षता अनुसार प्रालिमा सयौं गाडी गुडिरहेको ,सयौ व्यवसायी,कर्मचारी र हजारौं मजदुरहरुले रोजगार पाइराखेको बताउनु भयो ।उहाँले यो सफलताको श्रेय सबै व्यवसायी, श्रमिक, र यात्रुलाई दिदै अझै पनि नयाँ सोच बिचारका साथ अगाडि बढ्न सम्बन्धित सरोकारवालालाई आग्रह गर्नु भयो ।
यस्तै कार्यक्रममा बोल्दै प्रा.लि.का.अध्यक्ष सुरेश हमालले आफुले नेतृत्व गरेको संस्था त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लिलाई उत्कृष्ट संस्थाको रुपमा स्थापना गर्न आफुहरु निरन्तर लागि परेको बताउँनु भयो ।अध्यक्ष हमालले यातायात क्षेत्रलाई हेर्ने बाहिरी दृष्टि र यातायात क्षेत्रमा देखिएका आन्तरिक समस्यालाई समाधान गर्न आफुहरु रचनात्मक कार्यका साथ लागी परेको बताउँनु भयो ।कार्यक्रमका अध्यक्ष समेत रहनु भएका हमालले,सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई गुणस्तरीय सेवा उपलब्ध गराउन व्यवसायी र श्रमिकहरू जिम्मेवार बन्नुपर्ने र गुणस्तरीय सेवा दिने बाताबरण आफुहरुले निर्माण गर्ने बताउँनु भयो । पछिल्लो समयमा प्रालिबाट सुविधायुक्त गाडीहरु संचालन भएपनि, लामो दूरीको यात्रा गर्ने यात्रुहरूले समयमा खान नपाउने र गुणस्तरहीन खाना भयो भन्ने गुनासोको समाधान गर्न समेत आफुहरु बिभिन्न तरिका बाट लागि परेको बताउँनु भयो ।अध्यक्ष हमालले बिहानको खाना १२ बजेभित्र र रातिको खाना १० बजेभित्र यात्रुलाई खुवाउनु पर्ने बताउनु भयो । उहाँले सवारी चलाउँदा आवश्यक कागजातहरू सधैं साथमा राख्न आग्रह गर्दै,ट्राफिक प्रहरीले गाडी रोकेर कागजात मागेमा आत्तिनु नपर्ने समेत बताउनु भयो ।
कार्यक्रमका प्रमुख वक्ता अभिनेता निखिल उप्रेतीले, यातायात व्यवसायी, चालक, परिचालक,सहचालक र कर्मचारीहरूलाई प्रशिक्षण दिदै यात्रुको सुरक्षा र सुविधाको लागि चालकको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताउँनु भयो । सवारी चालकको सानो त्रुटिले पनि ठूला दुर्घटनाहरू निम्त्याउन सक्ने कुरामा जोड दिएका उप्रेतीले
सडकमा दुर्घटना न्यूनीकरणका लागि सवारी चालक जिम्मेवार बन्न जरुरी रहेको बताउदै जिम्मेवारी सही रूपमा वहन नगर्दा दुर्घटना घट्न सक्ने बताउँनु भयो ।
उहाँले फरक प्रसंगमा जीवनलाई संघर्षको रूपमा व्याख्या गर्दै यसको सार्थकता आफैंले निर्धारण गर्नुपर्ने बताउँनु भयो । जबसम्म सकारात्मक सोचको विकास हुँदैन, तबसम्म मानिस कुलतमा फसिरहने र जीवनको युद्ध कहिल्यै समाप्त नहुने नायक उप्रेतीले बताउनु भएको हो ।
कार्यक्रमका बिशिस्ट अतिथिहरु नेत्रमणी लामिछाने र प्रेमबहादुर बस्नेतले सार्वजनिक यातायात देशको आर्थिक समृद्धिको आधार भएकाले यसलाई राज्यले पनि महत्वका साथ हेर्नु पर्ने बताउँनु भयो ।उहाँहरुले दाङमै रहेको त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालिले हजारौंलाई रोजगारमा जोडेको बताउदै अझै यस्लाई दृर्घकालिन रुपमा लिनको लागी गाडी संचालनमा अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गर्नु पर्ने बताउँनु भयो ।उहाँहरुले कार्यक्रममा आफुहरुलाई सम्झैकोमा प्रालि परिवारलाई धन्यवाद दिदै अझै प्रगतिको कामना गर्नु भएको हो ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख राजेश शाहीले यातायात दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरूले सडक अनुशासनको पालना गर्नुपर्नेमा जोड दिनु भएको छ ।उहाँले चालकको लापरबाही र जिर्न सडक र गाडीको चापको कारण समेत सवारी दुर्घटना हुने भन्दै यस तर्फ सवै सचेत रहनु पर्ने बताउँनु भयो । पछिल्ला दिनहरूमा सवारी दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षति बढ्दै गएकाले यसलाई न्यूनिकरण गर्न चालकहरूको जिम्मेवारी महत्वपूर्ण रहने बताउँनु भयो ।
पाँचौ साधारणसभामा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, हास्य कलाकार कमल गाउँले, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख,ठाकुर प्रशाद गैरे,अखिल नेपाल मजदुर संघका केन्द्रिय महासचिव घनश्याम डाँगीले,चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य धुर्वराज न्यौपाने, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङका अध्यक्ष दीपक बुढाथोकी, नेपाल यातायात मजदुर संघका अध्यक्ष पदम वली,व्यवसायी केशव राज भण्डारी,प्रेस युनियनका नारायण खड्का, लगायतका अतिथिहरूले पनि सार्वजनिक यातायातको महत्त्वमा जोड दिदै यातायात क्षेत्रमा देखिदैन आएका समस्याहरुको निराकरण गर्नु पर्ने आवश्यकता रहेको बताउँनु भयो । उहाँहरुले नेपालमा निजी सवारी साधनहरूको संख्या बढ्दै गए पनि सार्वजनिक यातायातलाई विश्वसनीय र यात्रुमैत्री बनाउँदै यसलाई सम्मानित पेशाको रूपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो ।कार्यक्रममा प्रालिका प्रवन्धक पुस्कर धिताल लगाएत कार्यसमिति सदस्यहरु,व्यवसायी,पत्रकार लगाएत सरोकारवाला निकायका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
प्रा.लि.का अध्यक्ष सुरेश हमालको अध्यक्षता,संरक्षक भरतनाथ योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने व्यवसायी,कर्मचारी,रुढ इन्चार्जहरुलाई सम्मान गरिएको थियो भने व्यवसायीहरु बाट गोलाप्रथा द्वारा १ जनालाई ५५ हजार नगद,केहि व्यवसायीहरुलाई गाडीका टायर,मोविल प्रदान गरिएको हो ।
कार्यक्रममा प्रालिका प्रशासनिक सचिव नारायण न्यौपानेले प्रशासनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने बन्द सत्रमा कल्याणकारी संयोजक मिन प्रकाश शर्माले प्रशासनिक प्रतिवेदन र कोषाध्यक्ष प्रेमबहादुर रावतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको हो । सर्वसम्बत रुपमा दुवै प्रतिवेदन हल बाट पारित गरिएपछि कार्यक्रमको समापन गरिएको कार्यक्रमका संचालक त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि.दाङका प्रेस सल्लाहकार शरद रेग्मीले बताउनु भयो ।