राष्ट्रिय युवा संघ सल्यानको अध्यक्षमा प्रबिन घर्ती मगर निर्वाचित

२७ भदौ २०८१/ सल्यान

राष्ट्रिय युवा संघ नेपालको जिल्ला अध्यक्षमा प्रविन घर्ती मगर निर्वाचित हुनु भएको छ ।

नेकपा एमाले निकट युवा संगठन,राष्ट्रिय युवा संघ नेपाल सल्यानको
१२ औं जिल्ला अधिबेशन बाट घर्ती मगर जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।

बुधबार सल्यानको खलंगामा सम्पन्न जिल्ला अधिवेशन बाट २९ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो ।जसको उपाध्यक्षमा बिमल रावत, सचिबमा निर्मल सिंह, उप-सचिवमा लोकेद्र चन्द र मदन घर्ती मगर, कोषाध्यक्षमा मनिषा विक सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
यस्तै युथफोर्स प्रमुखमा सन्जय कुमार थापा, साइबर सर्कल प्रमुखमा रोशन विस्ट, प्रचार विभाग प्रमुखमा राजन डाँगी सर्वसम्मत निर्वाचित भएको राष्ट्रिय युवा संघ नेपाल सल्यानले जनाएको छ ।

१२ औ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उप-महासचिव राजन थापाले युवा संघ नेकपा एमालेको बलियो शक्ति भएको बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका थापाले पार्टीलाई गतिशील र उर्जाशिल बनाउन युवा संघले महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताउनुभयो । उहाँले नवनिर्वाचित टिमलाई सफल र प्रभाकारी कार्यकालको शुभकामनाका साथ बधाई दिनुभएको थियो ।

यस्तै युवा संघ कर्णाली प्रदेश कमिटी सह-इन्चार्ज लोकेन्द्र गौतमले युवा संघ समक्ष नेतृत्व जन्माउने महत्त्वपूर्ण अंग भएकाले पार्टीले युवा संघलाई विशेष प्राथमिकतामा दिनुपर्ने बताउनुभयो ।उहाँले पार्टीको एउटा मुख्य अंग युवा संगठन भएको बताउनु भयो ।

 

युवा संघ सल्यानका जिल्ला संयाेजक प्रबिन घर्ती मगरको अध्यक्षता,शारदा नगर कमिटी अध्यक्ष ललित चलाउनेले स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा, युवा संघ कर्णाली प्रदेश उप-सचिव नवराज वली, सदस्य दामोदर खड्का, अनेरास्ववियु कर्णाली प्रदेश अध्यक्ष राजेश वली, उपाध्यक्ष विवश भारती, अनेरास्ववियु जिल्ला कमिटी सल्यानका अध्यक्ष बिशाल पुन, सचिव शिव देवकोटा, उप-सचिव यज्ञ खरेल लगाएतकाे उपस्तिथि रहेकाे थियाे भने कार्यक्रमको संचालन दिलिप रावतले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस