२४ भदौ २०८१/ सल्यान
अखिल (क्रान्तिकारी) सल्यानको जिल्ला अध्यक्षमा गणेश ओली निर्वाचित हुनु भएको छ ।
नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन अखिल ( क्रान्तिकारी ) सल्यानको १९ औ जिल्ला सम्मेलन बाट वलीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति निर्वाचित गरिएको हो ।
सोमबार बागचौरमा सम्पन्न भएको जिल्ला सम्मेलन बाट उपाध्यक्षमा यशोदा आचार्य, रन्जित भडेल, राजेन्द्र परियार, खुमा पुन मगर, सचिवमा ललित केसी रहनुभएको छ। त्यस्तै सह सचिवमा लोकराज सुनार, नवराज केसी, प्रविण घर्ती र कोषाध्यक्षमा निशान रोकाय निर्वाचित हुनु भएको हो ।
नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य टेक बहादुर बस्नेतले उद्घाटन गर्नु भएको जिल्ला सम्मेलनले आगामी कार्ययोजना सहितको संगठनात्मक प्रतिवेदन पास गरेको सम्मेलन आयोजक समिति संयोजक रमेश बुढाथोकीले जानकारी दिनु भएको छ ।
दुई दिन सम्म चलेको जिल्ला सम्मेलनमा संगठनका विभिन्न तहका नेता तथा नेकपा माओवादी केन्द्रका नेताहरुको सहभागीता रहेको थियो भने,अखिल (संगठनको २३ औँ राष्ट्रिय सम्मेलन आउँदो असोज २ देखि ५ सम्म काठमाडौंको प्रज्ञाभवनमा हुँदैछ ।