राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा नोखिराम थापा निर्वाचित

१७ भदौ २०८१/सल्यान 

राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति सल्यानको अध्यक्षमा पत्रकार नोखिराम थापा निर्वाचित हुनु भएको छ ।

सोमबार सल्यान श्रीनगरमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो ।

अधिवेशनले उपाध्यक्षमा रेमन्त बि क, सचिव पुष्कर सुनार, सहसचिव लोकेश बि क, र कोषाध्यक्ष भावना बि कलाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरूमा संगम बिहानी, लीला ओली परियार, गोविन्द कुमार बि क,, विनोद सुनार, प्रमिशा बि क, सन्तोष बिटालु, प्रज्वल महर, टिकाराम बि क रहनु भएको छ ।

यस्तै प्रदेश पार्शदमा खेमराज सुनार, पूजा रसाइली र केन्द्रीय पार्शदमा योगराज विश्वकर्मा र भरत परियारलाई चयन गरेको छ ।

दोस्रो अधिवेशनको अवसर पारेर, सीमान्तकृत समुदायको सवाल र न्यायिक क्षेत्रमा नागरिकको पहुँच विषयक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा शारदा नगरपालिका नगर प्रमुख प्रकाश भण्डारी , बागचौर नगरपालिका नगर प्रमुख जनक गौतम, शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनार, शिद्धकुमाख गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेत, छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्धा के।सी, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष टेकेन्द्र विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्ला न्यायधिवक्ता, नेपाल पत्रकार महासङ्घ, नेपाल बार यशोसियन, जिल्ला अदालत सेस्तदार, कानुनी अधिवक्ता, गैसस महासङ्घ अध्यक्ष, दलित अधिकारकर्मी, दलित अगुवा, नागरिक समाज, जिल्लामा आबद्ध सम्पूर्ण पत्रकार र जनप्रतिनिधि, राजनीति दल, विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस