मृत्यु दावी बापतको रकम हस्तान्तरण

१३ भदौ २०८१ / सुर्खेत

इन्फिनिटी लघुवित्त वितीय संस्था लिमिटेड सुर्खेतले मृत्यु दावी बापतको रकम हस्तान्तरण गरेको छ ।

संस्थाले बिरेन्द्रनगर १ का मृतक पुरन कुमारी राम्जाली र गगन बहादुर थापाको परिवारलाई मृत्यु दावी बापतको रकम हस्तान्तरण गरेको हो ।

इन्फिनिटी लघुवित्त वितीय संस्था लिमिटेड सुर्खेत बाट कर्जा लिएकी सदस्य पुरन कुमारी राम्जाली र कर्जा लिएकी अर्की सदस्य खगिसरा थापाका श्रीमान गगन बहादुर थापाको मृत्यु भएकाले मृतकका दुवै परिवारलाई २ लाख ७० हजार रकम हस्तान्तरण गरिएको इन्फिनिटी लघुवित्त वितीय संस्था लिमिटेड सुर्खेतले जनाएको छ ।

बिहिवार एक कार्यक्रम गरेर मृतक पुरन कुमारी राम्जालीका श्रीमान रुद्र बहादुर गाह मगरलाई १ लाख ७२ हजार ५ सय र मृतक गगन बहादुर थापाको श्रीमती खगिसरा थापालाई ९७ हजार ५ सय रकम हस्तान्तरण गरिएको संस्थाका कार्यालय प्रमुख जिवन भण्डारीले बताउनु भयो ।उहाँका अनुसार उक्त रकम मृतकका परिवारलाई संस्थाका अनुगमन अधिकृत प्रकाश घिमेरे,कार्यालय प्रमुख जिवन भण्डारी र लेखापाल जैगड बिकले हस्तान्तरण गर्नु भएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा संस्थाका अनुगमन अधिकृत प्रकाश घिमिरेले आफ्नो संस्था बाट जनतालाई दिने सेवा सुविधा छिटो ,छरितो र प्रभावकारी बन्दै आएको बताउनु भयो ।

रकम हस्तान्तरण कार्यक्रममा कर्मचारी र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन कार्यालय प्रमुख जिवन भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस