सल्यान बाट १ लाख बढी किलो जडिबुटी जिल्ला बाहिर निकासी

३१ साउन २०८१/ सल्यान

सल्यान बाट १ लाख किलो बढी जडिबुटी जिल्ला बाहिर निकासी भएको छ ।

जिल्लाबाट गत आर्थिक बर्ष २०८०/०८१ मा विभिन्न १० प्रजातिका
१ लाख ८ हजार ७ सय ८३ किलो जडिबुटी निकासी भएको हो ।

जिल्लाका विभिन्न राष्ट्रिय बन बाट संकलन गरिएको,४० हजार किलो तेजपात, ८ हजार किलो लेक पांग्रा, ४ हजार ४ किलो चुत्राको बोक्रा लगाएतका जडिबुटी जिल्ला बाहिर निकासी भएको डिभिजन बन कार्यालय सल्यानले जनाएको छ ।

यस्तै ४ हजार २ सय किलो पाखनवेद, ४४ हजार किलो झ्याउ, २ हजार ८ सय ३३ किलो काउलोको बोक्रा, १ हजार ६ सय ५० किलो दालचिनी बोक्रा, २ सय किलो गोकुल धुप, ३ हजार किलो रिठ्ठा र ३ हजार किलो विषफेज निकासी भएको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी देवीराम सुवेदीले जानकारी दिनु भयो ।

१ लाख किलो बढी जडिबुटी निकासी हुँदा २५ लाख ६७ हजार ३ सय ९० रुपैयाँ राजस्व संकलन भएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस