२७ साउन २०८१/ सल्यान
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले आफ्नो प्रमुख एजेण्डा नै भ्रष्टाचारको अन्त्य गर्ने रहेको बताउनु भएको छ ।
शनिबार नेपाल पत्रकार महासंघ सल्यानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले जनतालाई शुसाशनको प्रत्याभूति दिलाउन आफु लागी पर्ने बताउनु भएको छ ।
कर्णाली प्रदेशमा ठूला उद्योगीहरुलाई भित्र्याउन नीतिगत रुपमा केहि समस्या रहेको र त्यसलाई परिमार्जन गर्न आवश्यक रहेको बताउनु भएको छ । अहिलेको निति ठूला उद्योगीहरुलाई झन्झटिलो प्रक्रिया हुँदा उद्योग सञ्चालन गर्न कठिनाई भएको बताउदै,कर्णाली प्रदेश जडिबुडी, प्राकृतिक तथा धार्मिक पर्यटकीय स्थलले भरिपूर्ण प्रदेश भएकाले यसलाई कर्णाली प्रदेश सरकारले उपयोग गर्न सक्नु पर्ने बताउनु भएको छ ।
सल्यान जिल्लाको बिकास तपाईको कस्तो खाले भुमिका रहने छ र कुनकुन क्षेत्रमा तपाईं मन्त्री हुँदा बिकास भएको जनताले देख्न पाउने छन् भन्ने पत्रकारको प्रश्नमा मन्त्री अधिकारीले जिल्लाको सम्पत्तिको रुपमा रहेको कुपिण्डे तालको बृहत्तर बिकास गर्ने र जिल्लाको समृद्धिको लागी आफुले काम गर्ने बताउनु भएको छ ।
उहाँले आफ्नो कार्यकालमा,किसानले उत्पादन गरेको वस्तुको बजारीकरणको व्यवस्थाका लागि सहजीकरण गर्ने, ‘किसानहरुले उत्पादन गरेको बस्तुको सहज बजारीकरण नहुँदा किसानहरु उक्त पेसाबाट विमुख हुनु पर्ने बाध्यताको अन्त्यका लागि काम गर्ने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसीको अध्यक्षता,उपाध्यक्ष सरीता चलाउनेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन महासंघका सचीव टिकाराम भण्डारी ( दिपसागर ) ले गर्नु भएको थियो ।