२३ साउन २०८१/ सल्यान
सल्यानको दार्मामा भुकम्प पुनः लाभ कार्यक्रम संचालनका लागि तीव्रता दिएको छ ।
नेपाल रेडक्रस सोसाइटी सल्यानले दार्मामा भूकम्प पुन लाभ कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य तथा सरसफाइ ,अस्थायी आवास , लैङ्गिक र समावेशिता , विपद् जोखिम न्यूनीकरण , स्थलगत क्षमता विकाश का कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
गत कार्तिक १७ गते राति जाजरकोटको रामिडँडा केन्द्र विन्दु बनाइ गएको भूकम्पका कारण सल्यानको दार्मा गाउँपालिकामा ठुलो सङ्ख्यामा भौतिक क्षति भएको र क्षतिग्रस्त दार्मागाउँ पालिकाका जनताको जीविकोपार्जन गर्न सहज होस भन्ने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको हो ।भुकम्प पुन लाभ कार्यक्रम बाट दार्मा का ४ हजार घरधुरी प्रत्यक्ष लाभान्वित हुने कर्णाली भूकम्प पुनर्लाभ कार्यक्रमका संयोजक जगत तामाङले बताउँनु भयो ।उहाँले पुनर्लाभका कार्यक्रम सञ्चालन गर्नाको लागि कार्यक्रम को तर्फबाट तदारुकता साथ लागि परेको बत्ताउँदै दार्माका जनताले कार्यक्रम सम्पन्न गर्न आआफ्नो तर्फबाट साथ सहयोग गर्न अनुरोध गर्नु भयो ।संयोजक तामाङले तोकिएकै समयमा कार्यक्रम सम्पन्न गर्नका लागी गाउँपालिकाले सहज भूमिका खेल्दै आएको बताउँनु भयो ।
यस्तै दार्मा गाउँपालिका भित्रका १ सय ७४ घर धुरीको जीविकोपार्जन अन्तर्गत कृषि र पशुमा लगानी गरी आत्मनिर्भर बनाउने उद्देश्य रहेको,नेपाल रेडक्रस सोसाइटी जिल्ला सल्यान का सभापति यौवन प्रकाश श्रेष्ठले बताउनु भयो ।उहाँले कार्यक्रमलाई प्रभावकारी बनाउनको लागी आफुहरुले, प्रतिपरिवार ५० हजार रुपैयाँ का दरले,ससर्त अनुदान सहयोग गर्ने बताउँनु भयो ।
सभापती श्रेष्ठले स्थलगत विकाश अन्तर्गत शौचालय निर्माण , खानेपानि आयोजना, विपद् जोखिम न्यूनीकरण अन्तर्गत स्थानिय तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र LEOC सञ्चालन गरी सामाग्री सहयोग गरिने समेत बताउँनु भयो ।