१९ साउन २०८१/ सल्यान
जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले जनकल्याण क्याम्पस थारमारेले शैक्षिक जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भुमिका खेलेको बताउँनु भएको छ ।
शुक्रवार भएको जनकल्याण क्याम्पस थारमारेको क्याम्पस सभा तथा तेस्रो अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै समन्वय प्रमुख रावलले,जनकल्याण क्याम्पस अहिलेको अवस्था सम्म आईपुग्न सवैको सहमति सहकार्यले संभव भएको बताउँनु भयो ।उहाँले
शैक्षिक क्षेत्रको विकासमा सवैको साझा वुझाई र लगानी हुनुपर्ने भन्दै गुणस्तरीय शिक्षा आजको आवस्यकता भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै वागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले बागचौर नगर सरकारले शैक्षिक बिकासको क्षेत्रमा काम गर्दै आएको बताउँनु भयो ।उहाँले नगर सरकारले जनतालाई प्रत्याभूति दिने गरि जनताका काम गरिरहेको भन्दै आगामी दिनमा पनि जनतामुखि कामहरु सहित अगाडि बढ्ने बताउँनु भयो । नगरप्रमुख गौतमले शैक्षिक क्षेत्रको बिकासका लागी नगर भित्रका सम्पुर्ण बिधालयहरु संग, आवश्यक सहयोग,समन्वय र सहकार्य गर्ने बताउँनु भयो ।
कार्यक्रममा वागचौर नगर उपप्रमुख सुम्निमा डि.सी, शिद्व कुमाख गाउँपालिकाका उपाध्यक्ष राम बहादुर बस्नेत, नेपाली काँग्रेसका कणाली प्रदेश सदस्य रुद्रवहादुर चन्द, नेकपा एमालेका प्रदेशकमिटि सदस्य जीतवहादु चलाउने,लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।यस्तै नेकपा, माओवादी केन्द्रका सल्यान जिल्ला ईञ्चार्ज कृतिवहादुर पुन, नेकपा एकिकृत समाजवादीका मोहन भण्डारी, नेकपा केन्द्रीय प्रतिनीधि सदस्य भीमसेन सी, बागचौर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिपेश डि.सी.शिवजन क्याम्पस शितलपाटीका क्याम्पस प्रमुख सुर्यनारायण शर्मा ,जनकल्याण नमुना माध्यमिक बिधालय थारमारेका अध्यक्ष गोरख बहादुर केसी,निवर्तमान प्रधानाध्यापक डाक्टर पुर्ण बहादुर भण्डारी,स्ववियु सभापति सर्गम वलीलगायतले अधिवेशन सफलतको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
क्याम्पस सभा तथा तेस्रो अधिवेशनमा,जनकल्याण क्याम्पस थारमारेका क्याम्पस संचालक समितिका अध्यक्ष भिम प्रकाश शर्माले क्याम्पसको आगामी नीति, कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने,अधिवेशनले आगामी तिन बर्षका लागी नयाँ नेतृत्व छनौट गर्ने छ ।
जनकल्याण क्याम्पस थारमारेका क्याम्पस संचालक समिति उपाध्यक्ष एकराज डाँगीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन क्याम्पस सहायक प्राध्यापक निर्मला बोहरा र तुलसी बस्नेतले गर्नु भएको थियो ।