लक्ष्मी लघुवित्तीय संस्था द्वारा विद्यार्थी सम्मानका साथ छात्रवृत्ति हस्तान्तरण

१५ साउन २०८१/ सल्यान

देउराली माध्यमिक बिधालय शिद्व कुमाख २ कालालेखकी छात्रा मिना चलाउने लाई छात्रवृत्तिका साथ सम्मान गरिएको छ ।

 

जिल्लाको श्रीनगरमा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड सल्यानले चलाउने लाई एक कार्यक्रमका बिच सम्मानका साथ छात्रवृत्ति बितरण गरेको हो ।

कार्यक्रमको बारे जानकारी दिदै शिद्व कुमाख वडा नं.२ का वडा अध्यक्ष मेक बहादुर बुढाथोकीले आफ्नो वडाका विद्यार्थीको शैक्षिक सुधारका लागी सकारात्मक कार्य गरेकोमा लक्ष्मी लघुवित्त संस्थालाई धन्यवाद दिनु भयो ।उहाँले आगामी दिनमा सकारात्मक क्रियाकलापमा सहकार्य गर्नको लागी सरोकारवाला निकायलाई अनुरोध गर्नु भयो ।

सम्मान कार्यक्रममा बोल्दै लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड सल्यानका,शाखा प्रमुख भरत गिरीले एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याई पास हुने चलाउने लाई थप हौसला प्रदान गर्न र उच्च शिक्षा अध्यनका लागि सहज होस भन्ने उद्देश्यले सम्मानका गरिएको बताउनु भयो । उहाँले संस्थाले सदस्यहरूलाई आगलागी, चट्याङ, बाढी पहिरो, हावाहुरी जस्ता प्राकृतिक विपत्तिमा पनि सहयोग गर्दै आएको र सदस्यको र्दीघरोगको उपचारमा सहयोग,ग्राहकको श्रीमान् मृत्यु हुँदा काजक्रिया खर्चमा सहयोग गर्दै आइरहेको बताउनु भयो ।

 

देउराली माध्यमिक बिधालय शिद्वकुमाख २ कालालेखबाट उत्कृष्ट अङ्क ल्याई पास हुने छात्रा मिना चलाउनेलाई सम्मान तथा छात्रवृत्ति प्रदान कार्यक्रममा बिधालयका प्रधानाध्यापक मनविर चलाउने,संस्थाका लेखापाल खिम बहादुर बुढाथोकी,शिक्षक विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस