सल्यानको त्रिवेणीमा खोप तथा गाउँघर किल्निक संचालनमा

८ साउन २०८१ । सल्यान

सल्यान त्रिवेणी गाउँपालिकामा खोप तथा गाउँघर किल्निक संचालनमा आएको छ ।

गाउँपालिका अन्तर्गत वडा नं.५ को बाटुले जिउलामा खोप तथा गाउँघर किल्निक संचालनमा आएको हो

आधारभूत स्वास्थ्य सेवा केन्द्र अन्तर्गत बाटुले जिउलामा संचालन गरिएको खोप तथा गाउँघर क्लिनिकको उद्घाटन गर्दै त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले नागरिकको सहजताको लागि गाउँ घर किल्निक संचालन गरिएको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका रावतले स्वास्थ्य संस्था देखी टाढाको बस्तीलाई स्वास्थ्यको पहुँचमा जोड्नको लागि गाउँघर क्लिनिक संचालन गरिएको बताउँनु भयो । उहाँले विदाको दिनमा समेत त्रिबेणी गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरु सञ्चालन हुँदै आएको र गाउँघर क्लिनिकबाट पनि गर्भवति तथा नवजात शिशु बढी लाभान्वित हुने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले सामान्य उपचारका साथै बालबालिका लाई खोप लगाउनको लागि गाउँघर किल्निकको महत्त्वपूर्ण भुमिका रहने बताउनु भएको छ ।कार्यक्रमका बिशिस्ट अतिथि समेत रहनु भएका केसीले त्रिवेणी गाउँपालिकाले जनताका आवश्यकताको पहिचान सहितका सेवा सुबिधा दिदै आएको बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष खिम बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसी, स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, वडासदस्य धर्म बहादुर घर्ती, आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख शंकर कुमार राणा, अनमी लक्ष्मी डाँगी लगाएत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

त्रिवेणी गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष बिमल रावतको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन आधारभूत स्वास्थ्य सेवा केन्द्रका अहेव सुरेश बोहराले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस