५ साउन २०८१/ दाङ
दाङको तुलसीपुरमा स्वर्गीय देवि प्रसाद धिताल ( हेमराज ) को १४ औ स्मृति दिवस एक कार्यक्रमका साथ मनाइएको छ ।
शनिबार त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि.दाङको प्राआगनमा भएको स्मृति सभा कार्यक्रममा बोल्दै देवि प्रशाद धिताल ( हेमराज ) प्रतिष्ठानका अध्यक्ष हरि प्रशाद रजौरेले स्वर्गीय देवि प्रशाद धिताल ( हेमराज ) प्रति श्रद्धाञ्जली व्यक्त गर्दै एउटा असल व्यक्ति गुमाउनु र असल व्यक्तिको हत्या गर्ने हत्यारा अहिले सम्म पनि पत्ता नलाग्नुले आफुहरु दुखि भएको बताउनु भयो ।उहाँले एक न एक दिन निर्दोष हेमराजका हत्यारा पत्ता लाग्ने र उनिहरुले कानुन अनुसारको सजाय पाउने बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै प्रतिष्ठानका उपाध्यक्ष सुरेश हमालले १४ औ स्मृति दिवस मनाउदा सम्म पनि स्वर्गीय देवि प्रशाद धितालका हत्यारा पत्ता नलाग्नुले,नेपालको प्रशासन लाईनै चुनौती थपिएको बताउनु भयो ।त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रा.लि.दाङका अध्यक्ष समेत रहनु भएका हमालले २०६७ साल साउन ५ गते अर्थात आजकै दिन अज्ञात समुहले धितालको हत्या गरेको र १४ बर्ष बिति सक्दा पनि धितालको हत्यारा पत्ता नलागेकाले उहाँको न्यायको लागी आजै देखि हत्यारा पत्ता लगाउन लागि पर्न प्रशासनलाई ध्यानाकर्षण गराउनु भयो । स्मृति सभामा बोल्दै अध्यक्ष हमालले सत्यको बिजय एक दिन अवश्य हुने भएकाले परिवार तथा आफन्तजन लाई न आत्तिन आग्रह गर्नु भयो ।उहाँले आफ्नो संस्थाको एक कुशल नेतृत्व लाई गुमाउदा आफुहरुलाई पनि अतुलनीय पिडा परेको भन्दै स्वर्गीय धितालको हत्यारा पत्ता लगाउनको लागी आफुहरु पनि दृढताका साथ लागी परेको बताउनु भयो ।स्मृति सभा कार्यक्रममा बोल्दै पत्रकार नारायण खड्का,
समाजसेवी लेविन्द्र धिताल लगाएतले स्वर्गीय हेमराज धितालको हत्यामा संलग्न हत्यारा लाई छिटो भन्दा छिटो पत्ता लगाई कानुनी दायरा ल्याउनु पर्नेमा जोड दिनु भएको थियो ।
उक्त स्मृति दिवसको अवसरमा स्वर्गीय देवि प्रसाद धिताल को वारेमा निरन्तर पत्रकारिता क्षेत्रबाट आवाज उठाउदै आएकी पत्रकार शर्मिला डि.सि. र यातायात व्यवसायी ( घाइते मजदुर) टंक बस्नेत लाई नगद पुरस्कार सहित सम्मान गरिएको त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि दाङका कल्याणकारी संयोजक प्रकाश भट्टले बताउनु भएको छ भने कार्यक्रमको संचालन प्रा.लि.का प्रेस सल्लाहकार शरद रेग्मीले गर्नु भएको हो ।
