४ साउन २०८१/ सल्यान
सल्यान उद्योग वाणिज्य संघ सल्यानले ,जिल्ला प्रहरी कार्यालय सल्यानका कार्यालय प्रमुख केसर कुमार न्यौपाने लाई स्वागत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानमा भखरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख केसर कुमार न्यौपानेले सल्यानका जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन आफु सधै लागी पर्ने बताउनु भयो । ।उहाँले आफु निति बिधि र कानुनी प्रक्रिया बाट बिचलित नभएर जनतालाई शान्ति सुरक्षा दिलाउनको लागी तत्पर रहने बताउनु भयो । त्यसको लागी सल्यानी जनताले आफुहरुलाई साथ दिन आवश्यक रहेको भन्दै प्रहरी र जनताको सम्बन्ध समधुर पार्न आफु लगाएत जिल्लाको प्रहरी शक्ति लागी पर्ने बताउनु भयो ।
प्रहरी प्रमुख न्यौपानेले आफुलाई स्वागत गर्ने सल्यान उद्योग वाणिज्य संघ परिवारलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।
यस्तै कार्यक्रममा बोल्दै सल्यान उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठले जिल्लाका उद्योगी, व्यापारी, व्यवसायीको साझा संस्थामा जिल्ला प्रहरी प्रमुख लाई स्वागत गर्न पाउदा आफुहरु खुसी रहेको बताउनु भयो ।उहाँले जिल्लाको शान्ति सुरक्षालाई सुव्यवस्थित गर्न आफुहरुले प्रहरी लाई साथ सहयोग गर्ने बताउनु भयो ।अध्यक्ष श्रेष्ठले कार्यालयको निमन्त्रणा लाई स्विकारेर कार्यक्रममा पाल्नुहुने प्रहरी प्रमुख लगाएत सम्पुर्ण टिमलाई धन्यवाद दिनु भएको थियो ।
शुक्रबार विहान सल्यान उधोग वाणिज्य संघको हलमा भएको प्रहरी प्रमुख लाई स्वागत तथा परिचयात्मक कार्यक्रममा जिल्ला भित्रका उद्योगी,व्यापारी,व्यवसायी लगाएत बिभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठको अध्यक्षता र वाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका महासचिव मोहन सारुले गर्नु भएको हो ।