सल्यान उद्योग वाणिज्य संघको कर शिविर संचालन हुँदै

२ साउन २०८१/ सल्यान

सल्यान उद्योग वाणिज्य संघ सल्यानले कर शिविर संचालन गर्ने भएको छ ।

संघले पहिलेका बर्षहरु जस्तै यस बर्ष पनि जिल्लाका बिभिन्न स्थानहरूमा कर शिविर संचालन गर्ने भएको हो ।

सल्यान उद्योग वाणिज्य संघ सल्यानको आयोजना र व्यवस्थापनमा यहि साउन ७ गते देखि जिल्ला भित्रका उधोगी व्यपारी,व्यवसायीको आर्थिक बर्ष २०८०/०८१ को आयकर तथा २०८१/०८२ को अन्त शुल्क इजाजत पत्र नविकरण गर्नको लागी उक्त शिविर संचालन गरिने सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठले बताउनु भयको छ ।उहाँले उधोग वाणिज्य संघ सल्यानमा नयाँ व्यवसाय दर्ता गर्न र आर्थिक बर्ष २०८२ सम्मको नविकरण गर्नका लागी डोर टोली जिल्लाका बिभिन्न ठाउँमा गएर शिविर संचालन गर्ने बताउँनु भयो । उहाँले आफुहरुलाई पायक पर्ने ठाउँमा गएर उधोग वाणिज्य संघ सल्यानले प्रवाह गर्ने सेवा लिन जिल्ला बासी उधोगी, व्यापारी व्यवसायीहरुलाई अनुरोध गर्नु भएको छ ।

शिविरमा सेवा लिनको लागी बिभिन्न कागजातहरुको आवश्यकता पर्ने उहाँले बताउँनु भयो ।नयाँ सदस्यता दर्ताका लागि संचालकको २ प्रति पासपोर्ट साइजको फोटो,नागरिताको फोटोकपी १ प्रति,उद्योग वाणिज्य संघमा दर्ता भएको फर्मको सदस्यता प्रमाणपत्र र आन्तरिक राजस्व कार्यालयको अन्त शुल्क इजाजत प्रमाणपत्र र आर्थिक बर्ष २०८०/०८१ को आफ्नो बार्षिक अनुमानित कारोबारो बिबरण पेश गर्नु पर्ने छ ।

साउन ७ गते बिहान ७ बजे देखि कपुरकोट गाउँपालिका रिमको सितलबजार बाट सुरु हुने उक्त शिविर २०८१ साउन १७ गते बेलुकी शारदा नगरपालिकाको स्यानिखाल र छत्रेश्वरी गाउँपालिकाको लान्ति बाट सम्पन गरिने सल्यान उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारीले बताउनु भयो ।उहाँले आफ्नै घर आगमनमा आउने शिविर बाट सेवा लिएर आर्थिक लाभ लिनुहुन हुन सवैमा अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस