माओवादी केन्द्र सल्यानले गर्‍यो बिपद व्यवस्थापन समिति गठन

२६ असार २०८१/ सल्यान 

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सल्यानले विपत व्यवस्थापन समिति गठन गरेको छ ।

भर्चुअलको माध्यम बाट शनिबार बसेको पार्टीको वैठकले जिल्लाका सम्पुर्ण स्थानीय तहमा विपत व्यवस्थापन समिति गठन गरेको हो ।

पार्टीले अहिलेको समयमा मनसुन सक्रिय रहेको र जिल्लामा पनि निरन्तर बर्षा भैरहेका कारण बाढी पहिरो बाट बच्न,खोला,नदि नाला तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक लाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सल्यानका जिल्ला संयोजक मानबहादुर मल्ल द्वारा हस्ताक्षरित बिज्ञप्तीमा , मनसुनका कारण भैपरी आउने विपत्तिमा मानवीय साहयताको लागि पार्टीले जिल्ला संयोजकको नेतृत्वमा १० पालिकाका अध्यक्षहरु रहेको १५ सदस्यीय जिल्ला विपद व्यवस्थापन समिति गठन गरेको हो ।त्यस्तै जिल्लाका १० पालिकाका अध्यक्षको नेतृत्वमा पालिकामा र ८३ वटै वडा पार्टी अध्यक्षहरुको नेतृत्वमा वडा विपत व्यवस्थापन समिति गठन गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।मनसुनका कारण प्रभावित हुन सक्ने जनसमुदायलाई उद्वार सहयोग कार्यका लागी सम्पुर्ण समिति परिचालन गरिने पार्टीका जिल्ला संयोजक मानबहादुर मल्लले बताउनु भयो ।उहाँले जिल्लावासीमा बर्षाका कारण आउन सक्ने समस्याहरु लाई समाधान गर्नको लागी आफुहरु तत्पर रहेको बताउनु भयो ।

यस्तै बिज्ञप्तीमा माओवादी केन्द्र आम श्रमजीवी जनता र देशको पक्षमा न्यायपुर्ण संघर्ष गर्दै आएको पाटी भएको र उक्त ऎतिहासीक संघर्षको प्रतिफल नयाँ संविधान र संघिय लोकतान्त्रिक गणतन्त्र भएको बताइएको छ । गणतन्त्र लाई संस्थागत गर्न भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गरी जनताको असली सरकारको प्रत्याभूति हुने गरी आफ्नो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड )नेतृत्वको सरकारले काम गरिरहेको र सोही अवस्थामा संघियतालाई शिशु कालमै मास्ने गरि संविधान संशोधनको असान्दर्भिक राग अलापेर बिपरित दुई धुर्वका काङ्ग्रेस र एमाले बिच भएको प्रतिगमनकारी गठबन्धनिय सम्झौता प्रती आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।

बिज्ञप्तिमा बहुदलीय संसदिय प्रणालीमा सत्ता गठबन्धन फेरबदल भैरहनु स्वभाविक मानियपनी,मध्यरातमा गरिएको गठबन्धन प्रचण्ड सरकारले भ्रष्टाचारका फाइलहरु खोलीरहेको र बेचन झा गिरफ्तारी संगै बेचैनी बनेकाहरुको सरकार हत्याउने र भ्रष्टाचार काण्ड बाट बच्ने दाउ भएको बताइएको छ ।गिरी बन्धु टि स्टेट र नक्कली भुटानी सरनार्थी लगाएतका काण्ड बाट बच्न उक्त असान्दर्भिक गठबन्धन भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस