सल्यानको कपुरकोटमा कृषि एम्बुलेन्स सञ्चालन

२५ असार २०८१/ सल्यान 

सल्यानको कपुरकोटमा तरकारी ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालन गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना एकाइ सल्यानको ५० प्रतिशत अनुदान र कृषि उपज बजार संचालक समिति कपुरकोटको ५० प्रतिशत लागत साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गरिएको हो ।

किसानहरुले उत्पादन गरेको बस्तु ढुवानी गर्न तथा किसानको पहुच बजार सम्म पुर्याउनको लागि कृषि एम्बुलेन्स सञ्चालन गरिएको,
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना एकाइ सल्यानका प्रमुख भिम पाण्डेले बताउनु भयो । उहाँका अनुसार कार्यलयको ढुवानी साधनमा अनुदान कार्यक्रम अन्तर्गत १४ लाख ३ हजार ७ सय ५० र समितिको १४ लाख ३ हजार ७ सय ५० गरि २८ लाख ७५ हजारमा खरिद ढुवानी साधन खरिद गरि कृषि एम्बुलेन्स सञ्चालन गरिएको हो । खरिद गरिएको साधन सोमबार एक कार्यक्रमका बिच कृषि उपज बजार संचालक समितिलाई प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले हस्ताणतरण गर्नुभयो । ढुवानी साधन हस्ताणतरण गर्दै प्रमुख अधिकारी रेग्मीले अनुदानको सहिरुपमा सदुपयोग गरि किसानलाई सेवा दिन आग्रह गर्नुभयो ।

कृषि उपज बजार संचालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले बजार संचालक समिति र कपुरकोट गाउँपालिकाले कार्यबिधि बनाएर यसलाई कार्यन्वयनमा ल्याउने बताउनु भयो । उत्पादित बस्तु खरिदका लागि गाउँपालिकाले पनि पिकप भ्यान सानो गाडी खरिद गसिकेकाले यी दुबैलाई कृषि एम्बुलेन्स सञ्चालन आएपछि किसानहरुले उत्पादन गरेको बस्तुलाई सजिलै हाट बजार सम्म पुर्याउन सहज हुने बताउनु भयो । यसले किसानको किसानको पहँँुच बिस्तार भैइ बारी बाट तरकारी ढुवानी गरि हाट बजार स्थल सम्म पुर्याउने र नेपालका ठुला शहरमा समेत तरकारी ढुवान गरिने बताउनु भयो । बेमौसमी तरकारी उत्पादनले प्रख्यात मानिने कपुरकोट बाट २८ करोडको भन्दा बढिको तरकारी निर्यात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस