डिल्ली डिसी बचाउ अभियानको आर्थिक आय ब्यय सार्वजनिक

२३ असार २०८१/ सल्यान

बागचौर नगरपालिका वडा नं.३ थाराचौरका डिल्ली डी.सी.बचाउ अभियानको आर्थिक आय ब्यय सार्वजनिक गरिएको छ ।

लामो समय देखि क्यान्सर रोगबाट बिरामी भएर, यहि जेष्ठ ३१ गते मृत्यु भएका २७ बर्षिया डी.सी.को उपचारका लागि संचालन गरिएको सहयोग अभियानको आर्थिक आय ब्यय सार्वजनिक गरिएको हो।

ग्लोबल आईएमई बैंक थारमारे शाखामा,अभियान बाट जम्मा भएको रकमको सार्वजनिक गरिएको अभियान्ता खिम राज डिसीले बताउनु भयो ।उहाँका अनुसार अभियान बाट १४ लाख २५ हजार ५ सय ९० रुपैयाँ जम्मा भएको हो । जस अनुसार अभियान बाट ११ लाख ५५ हजार ५ सय ९० रुपैया रकम जम्मा भएको बताउनु भयो ।उहाँका अनुसार स्वाथ्य बिमाबाट १ लाख,बिपन्न कोषबाट १ लाख,नगरपालिका बाट मासिक उपचार खर्च बापत ५० हजार ,स्वाथ्य कार्यालय सल्यानबाट यातायात खर्च २० हजार, रकम जम्मा भएको हो ।

यस्तै डिसीको उपचारमा १८ लाख ६५ हजार रकम खर्च भएको हो ।डिसीलाई नेपाल भारतका विभिन्न अस्पतालहरुमा उपचार गरिएको, अभियान्ता खिम राज डिसीले बताउनु भयो ।सम्पुर्ण अभियान्ताहरुले सहयोग गर्नुहुने सम्पुर्ण सहयोगि मनहरु प्रति बिषेस आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नु भएको छ ।

 

अभियान लाई सफल बनाउन सबै भन्दा पहिलो आर्थिक सहयोग बागचौर नगरपालिका वडा नं. २ चयाल गाउका, सन्जय शर्मा र अन्तिम सहयोग कुमाख गाउँपालिका वडा नं.३ राम्रीका भुबन वलिले गर्नु भएको थियो ।

बिरामी लाई उपचारका लागी आर्थिक संकलन गर्न,खिमराज डि.सि तारादेब डि सि,प्रेम डि.सि, उदिराम डि सि,खिम बहादुर डि.सि खुमराज डि सि,शोभाराम डि सि, ठाकुर डि सि
शिव राज के.सी र हिमाल भण्डारी लगायतले उक्त अभियान संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस