२१ असार २०८१/ सल्यान
सल्यान दार्माका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरियकाे छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यान र कर्णाली भुकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत हङकङ रेडक्रस काे आर्थिक सहयाेगमा गाउँपालिका भित्र ५ बिधालयका ७ सय८० बिद्यार्थी लाई, शैक्षिक सामाग्री वितरण गरियकाे हाे ।
बिद्यार्थीहरुलाई सुचना सामाग्री, ज्यामिति बकस १,टिफिन बकस१ , वाेतल १,कपि१ दर्जन ,खेल सामाग्री,र्यानकाेट१ सेट , पेन्सिल १ दर्जन र ब्याक १ गरेर ४ हजार ३ सय रुपैया बराबरको सामाग्री वितरण गरिएको हो ।
विहिवार भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा दार्मा गाउँपालिका उपाध्यक्ष जुना मल्ल ,दार्मा गाउँ पालिका सामाजिक विकाश शाखा सभापति पुस्पाञ्जलि मगर ,नेपाल रेडक्रस साेसाईटि दार्मा उपशाखा सभापति अनन्त प्रसाद शर्मा, दार्मा गाउपालिका शिक्षा शाखा सहायक राेम प्रसाद पाण्डे लगातकाे उपस्थिति रहेको थियाे
।
गत कात्तिक १७ गते राति जाजरकाेट काे रामिडाँडा केन्द्रविन्दु बनायर गयकाे भुकम्प ले सल्यान काे दार्मा मा ठुलाे संख्यामा भाैतिक क्षति भएकाे र धेरै विध्यालयका विध्यार्थि हरु प्रभावित भएकाे ले विध्यार्थि हरुलाइ सामान्य अवस्थामा ल्याउन र शिक्षा स्वास्थ्यमा सकारात्मक सन्देश दिना शैक्षिक सामाग्रि वितरण गरिएकाे नेपाल रेडक्रस साेसाइटी कर्नालि भुकम्प पुनर्लाभ कार्यक्रम अधिकृत जगत तामङ ले जानकारि दिनुभयाे ।