१८ असार २०८१ / सल्यान
सल्यानको छत्रेश्वरी गाउँपालिकाको तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
छत्रेश्वरी गाउँपालिका वडानं.६ को भोटेचौरमा सम्पन्न भएको अध्यक्ष कप प्रतोयोगीतामा वडा नं.१ ले, पहिलो स्थान हाँसिल गरेको छ । यस्तै वडा नम्बर ४ ले दोश्रो र वडा नम्बर २ ले तेश्रो स्थान हाँसिल गरेको गाउँपालिकाले जनाएको छ । पहिलो, दोश्रो र तेश्रो हुने समूहलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको हो ।
अध्यक्ष कप अन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा भिमसेन बुढा र प्रदीप चन्दको समूह पहिलो तथा नेव बहादुर रावत र शुकलाल बुढाथोकीको समूह दोश्रो भएको छ । विजेतालाई क्रमशः १० हजार र ७ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै ब्याडमिन्टन प्रतियोगितामा भरत बस्नेत र विजन वली तथा हेमराज केसी र माधन खड्काको समूहले सान्तवना स्थान हाँसिल गरेको थियो । सान्तवना स्थान ल्याउने खेलाडीहरुलाइ पनि नगद एक हजार सहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट भलिवल खेलाडीको रुपमा अभिषेक चन्द र उत्कृष्ट व्याडमिन्टल खेलाडीको रुपमा विजन वलीलाई पुरस्कृत गरिएको थियो ।
तेश्रो गाउँपालिका अध्यक्ष कप अन्तर्गत सञ्चालन गरिएको महिलाहरुको एकल नृत्य प्रतियोगितामा विजयी प्रतियोगीहरुलाई सोमबार नै पुरस्कार वितरण गरिएको थियो । समापन समारोहमा गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ३ का वडाध्यक्ष तिर्थराज दाहाल, ४ का वडाध्यक्ष छविलाल खत्री, कार्यपालिका सदस्य तुल्सा विक लगाएतले पुरस्कार प्रदान गरेका हुन् ।
भलिवल प्रतियोगिताको निर्णायकमा कैलाश चलाउने र सुरेश घर्ती, ब्याडमिन्टन प्रतियोगिताको निर्णायकमा दिपक बुढाथोकी र ज्योती सुनार तथा नृत्य प्रतियोगिताको निर्णायकमा भरत रोकाय, कल्पना डाँगी र कमला घर्ती रहेका थिए । समापन कार्यक्रमको सहजिकरण खडग शाहीले गर्नु भएको थियो ।