१७ असार २०८१/ सल्यान
प्राथमिक स्वास्थ्य केन्द्र छत्रेश्वरी ५ लेखपोखरामा विशेषज्ञ स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा भोलि असार १८ गते उक्त शिविर संचालन हुने भएको हो ।स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र छत्रेश्वरी गाउँपालिकाको सहजीकरणमा हुन लागेको एकीकृत जनस्वास्थ्य अभियान तथा बिशेषज्ञ स्वास्थ्य शिविरमा, दक्ष, अनुभबी तथा विशेषज्ञ डाक्टरहरुद्वारा बिरामीको चेक जाच तथा उपचार गरिने बताइएको छ ।
शिविरमा मुटु, पेट, आँखा, दाँत, छाला, नाक, कान, घाँटी, पाठेघर, मानसिक स्वास्थ्य समस्या, हाडजोर्नी, ल्याव सेवाका साथै जुनसुकै रोगका नयाँ तथा पुराना बिरामीहरुको निशुल्क चेकजाँच गरिने स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले बताउनु भयो ।उहाँले स्वास्थ्य शिविरमा आएर लाभ लिनको लागि सम्पुर्ण बिरामीहरुलाई अनुरोध गर्नु भएको छ ।