गायिका योगमाया घर्तीको मगर कौडा गित फुल रसैको सार्वजनिक

१६ असार २०८१/ सल्यान

योगमाया घर्ती र कमल बीसी (मालदाई) को फुल रसैको मगर कौडा गित सार्वजनिक भएको छ ।

मगर साँस्कृती झल्कने उक्त गित कमल बिसी ( मालदाई) नामक युटुव च्यानल बाट सार्वजनिक भएको हो ।

गणेश गुरुङको लय शब्द,कमल बिसी ( मालदाई), योगमाया घर्ती लगाएत अन्य कलाकारहरुको उक्त गितमा स्वर रहेको छ ।
गितको भिडियोमा कोमल नेपाली लगाएतको टिमको अभिनय रहेको छ ।

उक्त गीतकी गायिका योगमाया घर्तीले आफुहरुले भखरै बजारमा ल्याएको मगर कौडा गितमा,मगर पहिचान,मगर साँस्कृती झल्कने बताउनु भएको छ ।सञ्चारकर्मी संग कुरा गर्दै गायिका योगमाया घर्ती ले पछिल्लो समयमा,नेपाली पहिचान बोकेका गितहरु पाउन गार्‍हो भएको बताउनु भयो । उहाँले कला,क्षमता भन्दा अहिलेको कलाकारीतामा पैसाले काम गर्ने भएकाले राम्रा गीत संगीत दर्शक माझ आउन नसकेको बताउनु भयो ।

गायिका घर्तीले,पुराना दिनलाई सम्झदै रेडियो नेपालमा स्वर परिक्षा पास गरेर गायक गायिका बन्ने समय थियो उक्त समयमा कलाकारहरुको मान सम्मान पनि त्यतिकै रहने गरेको बताइनु भयो ।उहाँले अहिलेका केही गीत संगीत परिवारका सवै सदस्य संगै बसेर सुन्न र हेर्न नसकिने अवस्थाका रहेको बताउदै, समाजको साँस्कृती,सभ्यता,पहिचानमा समेत असर पुग्ने खालका गीत संगीत बजारमा ल्याउन नहुनेमा समेत घर्तीले जोड दिनु भएको हो ।

प्रतिक्रिया दिनुहोस