सिद्ध कुमाख गाउँपालिका द्वारा मिनी ट्रिलर बितरण

१३ असार २०८१/ सल्यान

सल्यानको शिद्वकुमाख गाउँपालिकाले किसानका लागि मिनी ट्रिलर
बितरण गरेको छ ।

चालू आर्थिक बर्ष २०८०/०८१ मा कृषि यान्त्रिकीकरण कार्यक्रम अनुसार गाउँपालिका भित्रका ९ जना कृषकहरू लाई मिनी ट्रिलर बितरण गरिएको सिद्ध कुमाख गाउँपालिकाले जनाएको छ ।

बुधबार शिद्वकुमाख गाउँपालिकाका अध्यक्ष भारत गीरीले
पालिका भित्रका विभिन्न फर्म तथा कृषक समुहमा आवद्ध कृषकहरुलाई मिनी ट्रिलर हस्तान्तरण गर्नु भएको हो ।
मीनी ट्रिलर बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामबहादुर बस्नेत,प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का वडा अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।

कृषकको माग र आवश्यकता अनुसार ९ जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनी ट्रिलर बितरण गरिएको सिद्ध कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताउनु भएको छ ।उहाँले कृषकको उत्पादनमा लागत घटाउन र कृषकलाई व्यवसायिक बनाई आत्मनिर्भर बनाउने उद्देश्यले मिनी ट्रिलर बितरण गरिएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस