कृषि तथा पशु कार्यक्रमहरुको अनुगमन सम्पन्न

१३असार २०८१/ सल्यान

कृषि बिकास कार्यालय सल्यान र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान द्वारा संचालित विभिन्न योजनाहरुको अनुगमन गरिएको छ ।

दुवै कार्यालय बाट आर्थिक बर्ष २०८०/०८१ मा संचालित कार्यक्रमहरुको जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलको संयोजकत्व र अन्य सरोकारवाला निकायको सहभागीतामा अनुगमन गरिएको हो ।

बिहिवार भएको अनुगमन कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय सल्यान द्वारा संचालित कार्यक्रमहरु मध्य शारदा नगरपालिका वडानं.१४ मा रहेको बगर टापु सिचाइ कुलो,बागचौर नगरपालिका वडानं.१० मा रहेको गड्यौला मल उत्पादन प्रदर्सन,बागचौर नगरपालिका वडानं.९ पातिहाल्नमा रहेको स्वाभिमान कृषि सहकारी संस्थाको नर्सरी,हरिपुरमा रहेको ठाटीपोखरी लिप्ट सिचाइ योजना,डागीगाउमा रहेको बयालडारी इन्द्रटोल सिचाइ पोखरी, प्रांगारिक सुन्तला उत्पादन कृषक पाठशाला र वडान ८ मा रहेको थोपा सिचाइ फलफुल बगैचाको अनुगमन गरिएको थियो । यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान द्वारा संचालित कार्यक्रमहरु,सुमन भैंसी फार्म शारदा नगरपालिका वडा नं.६ बरला,बागचौर नगरपालिका वडानं.२ चिसिखोलीमा रहेको बाग्श्वरी पशुपन्छी फार्म,बडाचौरमा रहेको परिवर्तन पशुपन्छी फार्मको अनुगमन गरिएको थियो ।

कृषि बिकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेशम कुमार बस्नेतले,कृषि उत्पादनमा जोड दिने खालका योजनाहरु आफुहरुले संचालन गरेको बताउनु भयो ।बस्नेतले किसान संगको सहकार्यमा कार्यालयले जिल्लाका विभिन्न स्थानमा विभिन्न योजनाहरु संचालन गरेको बताउनु भयो ।पानीको अभावमा सुन्तलाका फुल तथा फल झर्ने समस्यालाई समाधान गर्नको लागि थोपासिचाई कार्यक्रम संचालन गर्दै आएको र आगामी बर्षमा उक्त कार्यक्रमलाई वृद्धि गर्ने बताउनु भएको छ ।यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख गोविन्द महत ले व्यवसायीक पशु पालनमा कृषक लाई आत्म निर्भर गराउनको लागि कार्यालयले विभिन्न प्रकृतिका कार्यक्रमहरु संचालनमा ल्याएको बताउनु भयो ।अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउन आफुहरु सधै पशुपालक किसानहरु संग जोडियर काम गरिरहेको बताउनु भयो ।

अनुगमन कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल,उपप्रमुख असविर बुढाथोकी,समन्वय समिति अधिकारी निमबहादुर वली,समन्वय समिति सदस्य बालकृष्ण भण्डारी लगाएतको सहभागीता रहेको थियो ।यस्तै कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेशम कुमार बस्नेत,पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख गोविन्द महत,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना इकाई सल्यानका कार्यालय प्रमुख भिम पाण्डे,बागचौर नगरपालिका वडानं.९ का वडा सदस्य कमल डाँगी,कृषि बिकास कार्यालय सल्यानका कृषि अधिकृत इश्वरी नारायण घर्ती,लेखा अधिकृत महेन्द्र के.सी.इन्जिनियर बिक्की बुढाथोकी असिस्टेन्ट सव इन्जिनियर जीवन भण्डारी,कृषि प्राविधिक भिम डाँगी,पशु अस्पताल तथा पशु सेवा कार्यालयकी प्राविधिक सर्मीला बुढाथोकी,पत्रकार दिपक शर्मा,दिपसागर भण्डारी,कमल धिताल लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस