१२ असार २०८१/ सल्यान
स्वास्थ्य सेवा कार्यालय सल्यानले संचारकर्मी संघ अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यान बाट सम्पादित कार्यक्रम एवं सेवा प्रवाह सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरिएको हो ।
मंगलवार भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अस्पताल संचालक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले सरोकारवाला निकायले ध्यान नदिदा जिल्ला अस्पताल सल्यानको अवस्थालाई सोचे अनुरुप सुधार गर्न नसकिएको बताउनु भएको छ ।उहाँले सल्यान जिल्ला लगाएत छिमेकी जिल्लाका बिरामीहरु समेत उपचारका लागि आउने सल्यान अस्पतालको बिकासमा कुनै पनि तहका सरकारले सोचे अनुरुप पहल नलिएको बताउनु भयो । अध्यक्ष श्रेष्ठले व्यवस्थापन समितिको अध्यक्ष हुनुको नाताले आफुलगाएत संचालक समितिले अस्पतालको बिकास,गुणस्तरीय स्वास्थ्य सेवाको लागि काम गर्दै आएको तर सोचे अनुरुपको नतिजा दिन नसकेको बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै सल्यान अस्पतालका कार्यालय प्रमुख अर्जुन कुमार बुढाले अन्तरक्रिया कार्यक्रम गर्नुको मुख्य उदेश्य भनेको आर्थिक बर्ष २०८०/ ०८१ मा गरेका कार्यलाई बाहिर ल्याएर आगामी बर्षमा अझै प्रभावकारी सेवा कसरी दिन सकिन्छ भन्ने रहेको बताउनु भयो ।उहाँले विशेषज्ञ सेवाको लागि दरबन्दी अनुसार डाक्टरको पदपूर्ति नहुनुले समस्या ल्याएको बताउनु भयो । बिरामीको चापलाई मध्यनजर गर्दै सिमित स्रोत साधन बाट भएपनि बिरामीको सेवालाई वृद्धि गर्न लागि परेको बताउनु भयो ।कार्यालय प्रमुख बुढाले सल्यान अस्पताल बाट फिजियोथेरापी इकाई संचालन तथा बिस्तार,आँखा सेवा इकाई स्थापना तथा बिस्तार,ल्याब सेवाको स्तरोन्नति,डेन्टल सेवामा आरसिटी लगाएतका सेवाहरुको स्तरोन्नति लगाएतका दर्जन बढी बिशेष सेवा संचालनमा रहेको बताउनु भयो ।यस्तै बुढाले आगामी बर्षमा सल्यान अस्पताल लाई ५० शैयामा स्तरोन्नति गर्ने,अन्य विशेषज्ञ सेवा बिस्तार गर्ने लगाएत दर्जन बढी योजना रहेको बताउँनु भयो ।
अन्तरक्रिया कार्यक्रमा स्वास्थ्य सेवा कार्यालय सल्यानका तथ्यांक अधिकृत हरिबहादुर घर्तिले,जिल्ला स्तरमा स्वास्थ्य संस्थाहरुले गरेका काम,विभिन्न रोगको अवस्था,रोग नियन्त्रणको लागि गरिएका कार्यक्रम लगाएतका बिषयबस्तुको जानकारी दिनु भएको थियो ।
जिल्लामा कृयाशिल पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा जिल्ला अस्पताल सल्यानका डाक्टर अभिषेक सिंह,डाक्टर शेखर दार,अस्पताल व्यवस्थापक सुनिता सिंह,नर्स इन्चार्ज सुनिता महर्जन लगाएतको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डीसीले गर्नु भएको थियो ।