११ असार २०८१/ सल्यान
कर्णाली प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बिनोद कुमार शाहले कृषि क्षेत्रमा सल्यान जिल्ला प्रदेशमै अगाडि रहेको बताउनु भयो ।
मंगलवार सल्यान उद्योग वाणिज्य संघ सल्यानले,आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शाहले सल्यानका जनतामा कृषि कर्ममा गतिशील रहेको बताउनु भयो ।उहाँले कृषि क्षेत्रमा केही गर्नु पर्छ भन्ने आटका साथ व्यवसायीक तथा आधुनिक कृषि प्रणालीमा सल्यानका कृषक लागेको देख्दा आफू खुसी भएको बताउनु भयो । मन्त्री शाहले नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर नवनाउदा सम्म देशको अर्थतन्त्रमा सुधार नहुने र आफ्नो भुमिमा आफैले उत्पादन गरेको कृषि उपज बस्तुलाई प्रयोग नगरे र अर्काको भुमिमा उत्पादन कृषि उपज बस्तुलाई सधै प्रयोग गर्नुले,हामीले कृषि प्रदान देशका नागरिक हौ भनेर नसुहाउने बताउनु भयो ।उहाँले सल्यानकोको कृषि क्षेत्रको बिकासको लागि उपयुक्त कार्यक्रमहरु ल्याउने बताउनु भयो ।
भेटघाट कार्यक्रममा बोल्दै सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठले,जिल्लाको बिकासमा टेवा पुर्याउनको लागि मन्त्री शाहलाई ध्यानाकर्षण गराउनु भएको थियो ।उहाँले सल्यान सवै खाले कृषि उपज बस्तुहरु उत्पादन गर्न सकिने बाताबरण भएको जिल्ला भएकाले,त्यसको आधुनिक व्यवसायीकरण लागि सरोकारवाला निकायले सोच्नु पर्ने अवस्था देखिएको बताउनु भयो । सल्यान उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष राजेन्द्र कुमार थापा ( आरके) ले जिल्लाका किसानहरुलाई अनुदानका कार्यक्रम दिदा निश्चित मापदण्डको यकिन गरि दिनु पर्ने बताउनु भयो ।उहाँले किसानको नाममा गैर किसानहरुले अनुदानका कार्यक्रम ल्याउने भएकाले त्यस तर्फ सचेत रहनका लागि मन्त्री शाहलाई अनुरोध गर्नु थियो ।
मन्त्री शाह संघ भेटघाट कार्यक्रममा,दैलेख जिल्ला समन्वय समितिकी पुर्व उपप्रमुख लक्ष्मी शाह, जिल्ला पशु अस्पताल सल्यानका कार्यालय प्रमुख गोविन्द महत,कृषि बिकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेशम कुमार बस्नेत,मन्त्रीका निजि सचीव पुर्ण बहादुर थापा,उद्योग वाणिज्य संघ सल्यानका पदाधिकारी,नेकपा एमालेका युवा नेता दिपेन्द्र प्रकाश डिसी लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन सल्यान उद्योग वाणिज्य संघका महासचिव मोहन सारुले गर्नु भएको थियो ।