मनोवैज्ञानिक प्राथमिक उपचार प्रशिक्षण तालिम समापन

९ असार २०८१/ सल्यान

सल्यानको दार्मामा आधारभुत मनोवैज्ञानिक उपचार प्रशिक्षण तालिमको समापन गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको आयोजनामा भएको तीन दिने तालीमको समापन गर्दै, दार्मा गाउँपालिकाका अध्यक्ष निम वहादुर के.सी.ले भुकम्प पछि दार्मामा मनाेराेग का विरामिहरुकाे संख्यामा वृद्धि हुँदै गएको बताउनु भयो ।उहाँले
मनोरोग प्रत्यक्ष आँखाले देख्न नसकिने हुनाले जटिलता थपिदै गएको बताउनु भयो ।मनाेराेगका कारण मान्छेले आत्माहत्याको बाटो रोजेर मृत्युु हुने भएकाले त्यसको रोकथामको लागि सबै सचेत हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै दार्मा गाउँपालिका उपाध्यक्ष जुना मल्लले
मनोरोगका बिरामीहरुको संख्यामा वृद्धि हुँदै गएको अवस्थामा उक्त तालिमको महत्त्व धेरै भएको बताउनु भयो ।उहाँले सहभागीहरुलाई तालिम मा सिकेका कुरा समुदायमा लैजान निर्देशन समेत दिनु भएको थियो ।कार्यक्रममा मनाेविज्ञ प्रदिप सुवेदीले मनाेराेग का विरामि काे पहिचान , यसबाट हुनासक्ने खतरा र समाधान का उपायहरु बारे प्रशिक्षण दिनु भएको थियो ।
असार ६ गते देखि सुरु भएको तालिमा स्वस्थ्य संस्थाका प्रमुख प्रतिनिधि ,बिधालयका शिक्षक शिक्षिका , महिला स्वास्थ्य स्वयंसेविका, इलाका प्रहरी कार्यालयका प्रतिनिधि गरि २५ जनाको सहभागीता रहेको थियाे ।

नेपाल रेडक्रस साेसाइटि उपशाखा दार्माका सभापति अनन्त प्रशाद शर्मा काे अध्यतामा भयकाे कार्यक्रम काे सहजिकरण कार्यक्रम अधिकृत जगत तामाङ ले गर्नु भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस