जिल्लाका विभिन्न योजनाहरुको अनुगमन कार्यक्रम सम्पन्न

८ असार २०८१ / सल्यान

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यन्वयन इकाई सल्यानले जिल्लाका विभिन्न योजनाहरुको अनुगमन सम्पन गरेको छ ।

कार्यालयले आर्थिक बर्ष २०८०/ ०८१ मा बार्षिक स्वकृत कार्यक्रम अन्तर्गत जिल्ला भित्रका जोन कृषक समुह,सहकारी र फार्मको अनुगमन गरेको हो ।

शनिबार भएको अनुगमन कार्यक्रममा कपुरकोट गाउँपालिका वडा नं.४ गाडापानीमा रहेको,प्रगतिशिल कृषक समुहले संचालन गरेको चक्लाबन्दी,कपुरकोट ३ दमारखोलामा रहेको ताजा तरकारी तथा अदुवा उत्पादन कृषक फार्मले निर्माण गरेको साना सिचाइ तथा प्लास्टिक टर्नेल,त्रिवेणको लुहाममा रहेको,त्रिवेणी पशुपालन सहकारी संस्थामा ,चैते धानको अनुगमन गरिएको हो ।यस्तै शारदा नगरपालिका वडा १ मा रहेको जनसेवी कृषि सहकारीले लगाएको चैत्य धान,बागचौर ९ कोटमौलामा रहेको गोल्डेन कृषि तथा पशुपंक्षी फार्मले निर्माण गरेको प्लास्टिक टर्नेल र बागचौर २ मा रहेको जीवन डेरी उद्योगको समेत अनुगमन गरिएको हो ।

योजनाहरुको अनुगमन पछि जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले योजनाहरुलाई अझै प्रभावकारी बनाउनको लागि सिचाइको लागि पानी हुनु पर्ने बताउनु भयो । उहाँले दृर्घकालिन समय सम्मको लागि सिचाइको व्यवस्था गर्न नसकेपनी लामो समय सम्म पर्ने खडेरी बाट कृषि उत्पादन लाई जोगाउनको लागी थोपा सिचाइ पोखरी निर्माण गर्नु पर्ने बताउँनु भयो ।

यस्तै आगामी बर्षमा कार्यालयले दिने अनुदान रकम र कृषकको मेहनत लाई फलदायी बनाउनको लागि सिचाइ गर्नको लागि अल्पकालीन वा दृर्घकालिन रुपले पानीको ब्यवस्था गर्न पहल गर्ने
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यन्वयन इकाई सल्यानका कार्यालय प्रमुख भिम पाण्डेले बताउनु भयो ।उहाँले कार्यालयको मुख्य उद्देश्य अनुसार आफुहरुले जनताको पक्षमा रहेर काम गर्ने बताउनु भयो ।

अनुगमन कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल,प्रमुख जिल्ला अधिकारी शम्भु प्रशाद रेग्मी,कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानका कोष नियन्त्रक कृष्ण प्रशाद आचार्य,कृषि बिकास कार्यालय सल्यानका कार्यालय प्रमुख रेशम कुमार बस्नेत,जिल्ला समन्वय समिति सल्यानका समन्वय अधिकारी निम बहादुर वली,लगाएत सरकारी कार्यालयका प्रमुख प्रतिनिधि,कृषक समुहका प्रमुख प्रतिनिधि लगाएत पत्रकार सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस