सल्यानमा कर शिक्षा तथा कर छुट सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार भएको अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका प्रमुख कर अधिकृत तिकाराज चौलागाईंले नेपाल सरकारले कर सम्बन्धि धेरै किसिमका सुबिधा दिएकोले लाभलिन सवैलाइ अनुरोध गर्नु भएको थियो ।
यस्तै अन्तरक्रिया कार्यक्रममा आन्तरिक राजस्व कार्यालय दाङका कर अधिकृत प्रेमबहादुर सुनार,हिरानन्द देवकोटाले सहभागी उद्योगी,व्यापारी, व्यवसायीहरुलाई हरुलाई कर शिक्षा र कर छुट सम्बन्धि प्रशिक्षण दिनु भएको हो । उहाँले आर्थिक बर्षको अन्तमा आफुहरुले यस्ता कार्यक्रम गर्दा करदाता लाई धेरै कुरामा सहज हुने बताउनु भयो ।उहाँले आर्थिक एनले ल्याएको ब्यवसायीलाई दिने छुट सुविधा,दोहरो प्यानले ल्याएको समस्या आदि बारे प्रशिक्षण दिनु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सल्यान उद्योग बाणिज्य संघका अध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठ,बरिस्ठ उपाध्यक्ष राजेन्द्र कुमार थापा( आरके) बाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारी,कोषाध्यक्ष नरेन्द्र बुढामगर,कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।यस्तै कर दाता सेवा कार्यालय श्रीनगर सल्यानका कर अधिकृत चिरञ्जीवी खड्का,कार्यालयका नासु नवराज बुढा,खुमराज शर्मा लगाएत उद्योगी,व्यापारी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सल्यान उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष राजेन्द्र कुमार थापा ( आरके)ले जिल्लाको व्यापार ब्यवसायीमा देखिएका समस्या बारे जानकारी दिनु भएको थियो भने कार्यक्रमको सहजीकरण वाणिज्य उपाध्यक्ष राजेन्द्र बहादुर भण्डारीले गर्नु भएको थियो ।