२ असार २०८१/ सल्यान
सल्यानमा सवारी दुर्घटनामा परि दुई जना व्यक्ति घाइते भएका छन् ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडानं.६ कल्लेखोलामा टिप्पर र मोटरसाइकल एक आपसमा ठोकिदा २ जना व्यक्ति घाइते भएका हुन ।
आइतबार दिउँसो ३ बजे सल्यानको श्रीनगर बाट दाङ तर्फ जादै गरेको रा १ ख २२२४ नम्बरको टिप्पर र विपरित दिशा बाट आएको रा ४ प ९२३६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा जिल्लाको बगचौर नगरपालिका वडानं.८ कोटमौलाका २५ बर्षिया खकेन्द्र बि.क.र २८ बर्षिया मनविर बि.क.गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाइते दुवैलाई उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताउनु भयो ।उहाँले टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर, ईलाका प्रहरी कार्यालय लुहाममा राखिएको बताउनु भयो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।