गाउँपालिका द्वारा विपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

३० जेष्ठ २०८१/ सल्यान

सल्यानको शिद्वकुमाख गाउँपालिकाले १ सय ६० जना विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

विपन्न परिवारका बिद्यार्थीहरुलाई थोरै भएपनि राहतहोस भनेर पालिका भित्रका १ सय ६० जना बिद्यार्थी लाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।मंगलबार भयको शैक्षिक सामाग्री वितरण कार्यक्रममा शिद्व कुमाख गाउँपालिकाका अध्यक्ष भरत गीरी,उपाध्यक्ष रामबहादुर बस्नेत लगाएतको उपस्थितीमा विद्यालयका शिक्षकहरू मार्फत विद्यार्थीलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।

विपन्न बिद्यार्थीहरुका लागि झाेला, कपी, पेन, ज्यामिती, क्यालकुलेटर, डिस्नेरी वर्णमाला, सिसाकलम वितरण गरिएकाे थियो ।

प्रतिक्रिया दिनुहोस