जिल्लाको समृद्धिका लागि मुख्य भुमिका खेल्छु प्रधानमन्त्री( प्रचण्ड) का स्वकीय सचीव रमेश मल्ल

२८ जेष्ठ २०८१/ सल्यान

सरकारले सल्यानको शारदा नदि करिडोर लाई,पहिलो पटक कृषि करिडोरका रुपमा घोषणा गरेको छ ।आर्थिक बर्ष २०८१/०८२ का लागि अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा बजेट प्रस्तुत गर्दै बजेट वक्तव्यमा शारदा नदी करिडोरलाई शारदा कृषि करिडोरका रुपमा घोषणा गर्नुभएको हो ।कृषि करिडोर घोषणा गरेपछि सरकारले सिँचाइ, मल तथा बीउको व्यवस्था र कृषकहरुको लागि आवश्यक पर्ने सबै सुविधा प्याकेजमै व्यवस्था गर्नु पर्दछ।

संघिय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सल्यान जिल्लामा कृषि, सडक र पूर्वाधार निर्माणमा जोड दिएको छ।सल्यानको मेरुदण्डका रुपमा रहेको राप्ती लोकमार्गका लागि आगामी आर्थिक वर्षमा ६० करोड रुपैयाँ विनियोजन गरिएको छ। यसलाई बहुवर्षीय ठेक्काको रुपमा अगाडि बढाउन सकिने गरी व्यवस्था गरिएको हुँदा आगामी आर्थिक वर्षको शुरुमै एकै पटक २ अर्ब ४० करोड रुपैयाँको ठेक्का प्रक्रिया शुरु गर्ने गरि स्रोत सुनिश्चित गर्न सकिने बाटो खुलेको प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ) का स्वकीय सचीव रमेश मल्लले बताउनु भएको छ ।

मल्लका अनुसार सल्यानका रणनीतिक सडकहरुमा प्रदेश समपुरक बजेटमा थारमारे(रागेचौर(चौरजहारी सडक र रामपुर(काभ्रा(लुहाम सडक, सल्यान खलंगा(मार्के(रामपुर(खर्कबार हुँदै कोहलपुर जोड्ने सडकहरुमा १०÷१० करोड रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै, सल्यानको लागि गेमचेञ्जर योजनाको रुपमा रहेको मदन भण्डारी लोकमार्गको रोल्पा घर्तीगाउँ(सल्यान थारमारे सडकखण्डमा ३ अर्ब ८० करोडको ठेक्का भइसकेको छ भने,
सल्लीबजार(स्वीकोट (चौरजहारी सडकको काम भइरहेको छ।

मल्लका अनुसार मर्मखोलाको स्यानीपिप्लीमा पक्की पुलका लागि बजेट विनियोजन भएको छ भने,जिल्लाका ठूला सडकका साथै संघ सरकारको तर्फबाट ५० भन्दा बढी साना सडकहरुमा बजेट विनियोजन गरिएको छ । त्यस्तै सल्यानको लाइफ लाइनका रुपमा भएका सडकहरुमा संघ सरकारले प्रशस्त बजेट विनियोजन गरेको भने ऊर्जा तथा सिँचाइ, खानेपानी, स्वास्थ्य, पर्यटन पूर्वाधार लगायतका क्षेत्रमा उल्लेख्य बजेट छुट्याइएको बताइएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव मल्लले जिल्लाको आवश्यकता र जनताको चाहाना अनुसारका योजनाहरुलाई अगाडि सारिएको बताउनु भयो ।उहाँले आफ्नो तर्फबाट जिल्लाको समृद्धिको लागि खेल्नु पर्ने भुमिकामामा कमि नहुन दिने भन्दै आगामी दिनमा समेत लागि पर्ने बताउनु भयो

गत बैशाख २८ गते सल्यानको दार्मामा प्रधानमन्त्री प्रचण्डले जिल्लाका विभिन्न महत्वका बिषयमा सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।सोही अनुसार कर्णाली समृद्धि कार्यक्रम अन्तर्गत जिल्लाका केही विद्यालयहरुमा विभिन्न शीर्षकमा बजेट छुट्याइएको छ भने सल्यान अस्पताल, सल्यान क्याम्पस लगायतको स्तरोन्नतिका लागि आवश्यक बजेट छुट्याइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सल्यानका विभिन्न ठाउँमा सिँचाइ तथा तटबन्धका लागि २३ करोड बढी बजेट विनियोजन गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका जनसम्पर्क सल्लाहकार तिलकराज भण्डारीले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस